मङ्गलबार, ०२ पुस २०८१
ताजा लोकप्रिय

नियमावली संशोधनका लागि न्यायाधीशहरूबीच सहमति, भोलि फुलकोर्टको बैठक बोलाउन आग्रह

बुधबार, ०१ मङ्सिर २०७८, ०६ : ४४
बुधबार, ०१ मङ्सिर २०७८

सर्वोच्च अदालतका १४ न्यायाधीशहरुबीच बैठकले सर्वोच्च अदालत, नियमावलीको नियम संशोधनका लागि सहमति भएको छ । नियमावली संशोधनका लागि तयार कार्यविधिमा उनीहरुबीच आज सहमति भएसँगै त्यसलाई अनुमोदनका लागि फुटकोर्ट बोलाउनका लागि आग्रह गर्ने निर्णय भएको छ । 

एक न्यायाधीशका अनुसार बुधबार बसेको प्रधानन्यायाधीशसँग असन्तुष्ट १४ न्यायाधीशको बैठकले नियमावलीमा राखिने विषयहरुमा सहमति जुटेको हो । जसमा इजलास तोक्न गोलाप्रथा लागु गर्नेलगायतका विषय रहेको छ । 

सो सहमतिसँगै १४ न्यायाधीशहरूले मुख्य रजिस्ट्रारलाई बिहीबारका लागि फुलकोर्ट राख्न भनिएको ती न्यायाधीशले बताए । रजिस्ट्रारले प्रधानन्यायाधीशलाई जानकारी गराएपछि फुलकोर्ट आह्वान हुनेछ । 

न्यायालय सुधारसहित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै इजलास बहिस्कार गर्दै आएका न्यायाधीशहरु नियमावली संशोधन सम्बन्धी कार्यविधि फुलकोर्टबाट पास भएपछि इजलासमा फर्किने बताइएको छ । तर, प्रधानन्यायाधीशको राजीनामाको अडान भने उनीहरुले कायमै राख्ने भएका छन् । आजको न्यायाधीशहरुको बैठकमा जबरा कित्तामा रहेका भनिएका ५ न्यायाधीश भने सहभागी भएका थिएनन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप