शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

अर्मेनिया र अजरबैजानबीचको भीडन्त अन्त्य

बुधबार, ०१ मङ्सिर २०७८, १७ : ५८
बुधबार, ०१ मङ्सिर २०७८

अर्मेनिया र अजरबैजानबीचको भीडन्त अन्त्य भएको अर्मेनियाको रक्षा मन्त्रालयले जनाएको छ ।  रुसको मध्यस्थतामा दुई देशबीचमा युद्ध अन्त्य गर्ने सम्झौता अनुसार सीमा क्षेत्रमा भएको भीडन्त अन्त्य भएको हो । 

अर्मेनियाको पूर्वी सीमा क्षेत्रमा स्थानीय समयअनुसार मङ्गलबार बेलुका ६ः ३० बजेदेखि भीडन्त अन्त्य भएको पनि मन्त्रालयले जनाएको छ ।  मन्त्रालयको वेभसाइटमा उल्लेख भएअनुसार युद्धविराम सम्झौता भइ युद्ध अन्त्य भएपछि घटनास्थलको अवस्था सामान्य रहेको जनाइएको छ ।

पछिल्लो भीडन्तका क्रममा अर्मेनियाका एक सैनिकको मृत्यु भएको पनि अधिकारीले पुष्टि गरेका छन् ।   घटनास्थलमा सुरक्षा कारबाही रोक्ने सम्झौतामा रुस, अजरबैजान र अर्मोनियाका उच्च अधिकारीले सहमति जनाएका हुन् ।
सीमा क्षेत्रका भूमिलाई लिएर दुई देशबीचमा लामो समयदेखि द्वन्द्व चल्दै आएको छ । सो विवाद बेला–बेलामा साम्य हुँदै बल्झिँदै आउने गरेको छ । द्वन्द्वका कारण धेरै धनजनको क्षति पनि भएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप