किरात प्रदेश नामकरणको लागि निर्णायक संघर्ष गरिने
किरात प्रदेश नामकरणको लागि निर्णायक संघर्ष गर्ने लगायतको १६ बुँदे प्रस्ताव पारित गर्दै किरात राई तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । कातिक २७ देखि २९ गते भएको सम्मेलनबारे आज बुधबार यायोक्खा केन्द्रीय कार्यालय कोटेश्वरमा पत्रकार सम्मेलन गरी निर्णय सार्वजनिक गरिएको हो । सम्मेलनले किरात सिरिजङ्गा लिपि समृद्ध गर्दै राई समुदायको साथ किराती समुदायकमे साझा लिपिको रुपमा प्रचलनमा ल्याइने र भारतको सिक्किममा प्रयोग हुँदै आएको किरात खम्बु राई लिपिलाई समेत मान्यता दिने निर्णय गरेको छ ।
विश्वभर एकै प्रकारको माङखिम (पितृघर) निर्माण गर्ने र मुन्दुमी विधिबाट सामुहिक सुप्तुलुङ (चुल्हो) स्थापाना गर्ने प्रस्ताव पारित गरिएको छ । चुलो संस्कार संकटमा पर्दै गएकाले सामूहिक रुपमा चुलो स्थापना गर्ने र सोहीअनुसार संस्कार गर्ने तथा पितृ र प्रकृतिक दर्शनमा आधारित मुन्दुमद्वारा निर्देशित अवधारणालाई नै किरात धर्म मान्ने पनि निर्णय भएको छ ।
१२ औं राष्ट्रिय जनगणनामा तथ्याङ्क विभागबाट नियोजित रुपमा वाम्बुले समुदायको कोड नम्बर ४३ को मूल प्रश्न विभागले त्रुटी गरी याम्बुले, दुमीलाई डुमी बनाएको र अन्य स्थलमा समेत गणकहरुले सूचकले दिएको जानकारीभन्दा फरक बिषय लेख्ने काम भएकोले भत्र्सना गर्दै सच्याउन तथ्याङ्क विभागसँग माग गरेको छ ।
किरात राई जातिको आदिम सभ्यता उद्गम स्थल आस्थाको केन्द्रको रुपमा रहेको तुवाचुङ जायजुम, मिथक जोडिएको खुवालुलाई सांस्कृतिक पर्यटन र मुन्दुम टे«ल, ट्याम्कैमैयू, साल्पा सिलिचुड, हलेसी, लिब्जु भुब्जुसँग जोडेर पर्यटकीय स्थलको रुपमा प्रबद्र्धन गर्ने निर्णय भएको छ ।
जननायक रामप्रसाद राईलाई राष्ट्रिय बिभूति घोषणाको साथै किरात विश्वविद्यालय स्थापना गर्न सरकारसँग पहल गर्ने, भौतिक विकासका नाममा ऐतिहासिक सांस्कृतिक महत्व बोकेको किरात राई जातिको सम्पदाहरु रहेको गढी, किल्ला, दरबार माथि हुँदै आएको अतिक्रमण बन्द गर्न सम्मेलन सम्बन्धित निकायसँग सम्मेलनले माग गरेको छ ।
किरात राई जातिको सोकला उभौली÷उद्यौली चाडमा देशब्यापी रुपमा कम्तिमा पाँच दिन र आदिबासीहरुले मान्ने सबै राष्ट्रिय चाडहरुमा सार्वजनिक विदा गर्न माग गरेको छ । किरात राई समुदायको सांस्कृतिक कार्य गर्ने नक्छो÷नाक्सो, दोवा, माङ्पा, कुवी र तोकायाहरुको लोप हुने अवस्थामा पुगेकाले वृत्ति विकासको लागि स्थानीय सरकारसँग सांस्कृतिक भत्ता माग गर्ने पनि निर्णय गरेको घोषणा पत्रमा उल्लेख छ ।
पत्रकार सम्मेलनमा यायोक्खा केन्द्रीय सचिव तथा प्रचार विभाग प्रमुख अर्जुन जम्नेली राईले घोषणा पत्र वाचन गरेपछि किरात राई अन्तर्राष्ट्रिय समन्वय समितिको संयोजक दिवस राईले थप प्रष्ट पारेका थिए ।
कातिक २७ गते राष्ट्रिय सभागृहमा उपराष्ट्रपति नन्दबहादुर पुन र १ नम्बर प्रदेशका मुख्यमन्त्री राजेन्द्र राईले संयुक्त रुपमा उद्घाटन गरेको सम्मेलनमा बेलायत, अमेरिका, दक्षिण कोरिया, हङ्कङ, भारत, दुबई, मलेशियालगायत १४ देशका प्रतिनिधि सहभागी रहेको महासचिव जनक राईले जानकारी दिए । दुई दिने बन्दसत्रमा ९ वटा कार्यपत्र प्रस्तुत गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यून लक्ष्य भएपनि रक्षा गर्छौं भन्ने थियो : विपिन शर्मा
-
पदीय आचरण र मर्यादामा रहन संसद् कर्मचारीलाई निर्देशन
-
जनयुद्ध शब्द सरकारी कामकाजमा प्रयोग नल्याउन सर्वोच्चको अन्तरिम आदेश
-
अमरेशको आरोप– कुलमान हटाउने र सभापतिले श्रीमतीलाई नबचाएसम्म लेखा समिति बैठक बस्दैन
-
हेटौंडामा पुस १३ देखि सडक खाना महोत्सव
-
पानीजहाज सञ्चालन तथा व्यवस्थापन सम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयक राष्ट्रिय सभामा दर्ता