सरकार विदेशमा नेपाली पासपोर्टको सम्मान बढाउन लागिपर्छः परराष्ट्रमन्त्री
परराष्ट्रमन्त्री डा. नारायण खड्काले सरकार अन्र्तराष्ट्रिय जगतमा नेपाली राहदानीको सम्मान बढाउन लागिपर्ने बताएका छन् । बुधबार राहदानी विभागले आयोजना गरेको ‘पहिलो विद्युतीय राहदानी वितरण कार्यक्रम’ लाई सम्बोधन गर्दै मन्त्री खड्काले विगतका दिनहरुमा नेपाली राहदानीका कारण नेपालीले अपमान महसुस गर्नुपरेको स्विकार गर्दै अब सरकारले नेपाली राहदानीको सम्मान बढाउन लागिपर्ने बताएका हुन् ।
देशलाई समुन्नत बनाएर नेपालीको स्वाभिमान र सम्मानलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने उनले बताए । नेपाल र अन्य धनिमानी भनिने देशहरुलाई एउटै बास्केटमा राखेर व्यवहार गर्ने खालको सम्मान नेपाली राहदानीमा थप्ने मन्त्री खड्काले बताए ।
उनले भने, ‘अब हामीले हामी सरकारमा बसेकाहरु, हामी देश विकास गर्छौ भन्नेहरुले अब यसको सम्मान बढाउने छौँ । यो नेपालीले बोक्दाखेरी या अर्को अलिकति धनीमानी देशका नागरिकले बोक्दाखेरी जुन खालको भेदभावहरु हामीलाई फिल हुन्छ । अब हाम्रो काम समुन्नत नेपाल बनाएर, विकास गरेर, हाम्रो स्वाभिमानलाई, हाम्रो सम्मानलाई अन्र्तराष्ट्रिय जगतमा चिनाउनेछ।’
मन्त्री खड्काले देशलाई आर्थिक रुपमा विकास गरेर नेपाली नागरिकको छवि र प्रतिष्ठालाई अन्तर्राष्ट्रिय जगतमा कायम गराउने बताए । उनले आगामी दिनमा नेपाली नागरिकहरुले सुरक्षित राहदानी लिएर बाहिर जान सक्ने विश्वास पनि व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण