सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

रुपन्देहीबाट एक युवाको अपहरण

बुधबार, ०१ मङ्सिर २०७८, १७ : ४५
बुधबार, ०१ मङ्सिर २०७८

रुपन्देहीबाट भारतीय व्यक्तिहरुको समूहले नेपाली युवालाई अपहरण गरेको परिवारले दावी गरेको छ । रुपन्देहीको दक्षिणी भेगमा पर्ने रोहिणी गाउँपालिका–२ मैनिहवाका २१ बर्षीय अनिल कहारलाई भारतमा बस्ने ४ जनाले  समूहले हिजो साँझ अपहरण गरेको परिवारको दाबी छ  । परिवारका सदस्यहरुले  भारततर्फका सञ्जय यादव, बाबुराम यादव, बेचु यादव र अनिल यादवले फोन गरेर अनिललाई दशगजामा बोलाएर अपहरण गरेको दावी गरेका छन् ।

अनिलकी आमा सुधा कहारले आफ्नो छोरालाई मोटरसाइकलमा भारततर्फ नै लगेको  बताएकी छन् । यता  जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक मनोजकुमार केसीले भने कहारलाई नेपालबाट नभई भारतबाट नै नियन्त्रणमा लिएको बुझिएको बताए   । उनले घटनाबारे थप  अनुसन्धान शुरु भएको बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप