ओली सहमतिमा नआए प्रभु साह पदाधिकारीमा चुनाव लड्ने
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पूर्व माओवादी नेता प्रभु साह फेरि असन्तुष्ट देखिएका छन् । जिल्ला तहमा महाधिवेशन प्रतिनिधिहरू चयन गर्दा ओली पक्षले प्रदेश २ मा एकलौटी गरेको भन्दै साह असन्तुष्ट बनेका हुन् ।
माओवादीबाट एमालेमा प्रवेश गरेका रौतहटका पूर्वसांसद साह पार्टीभित्र एकताको भावना हुनुपर्ने भन्दै ओलीसँग असन्तुष्ट थिए । तर, पछिल्लो समयमा चितवन पुगेर उनले ओलीलाई बाँचुञ्जेल साथ दिने वचन दिएका थिए । ओलीले पूर्वमाओवादीबाट आएका नेता–कार्यकर्तालाई भेदभाव नगरिने बताएपछि साहले ओलीलाई जीवनभर सघाउने वचन दिएका थिए ।
‘तर, अहिले प्रदेश २ मा प्रभु साहको राजनीति सिध्याउन ओली पक्षका नेताहरु लागेको देखियो’ एमालेमा आवद्ध पूर्व माओवादीका एक नेताले रातोपाटीसँग भने, प्रदेश २ मा माओवादीबाट एमालेमा आएका सयौं नेता कार्यकर्तालाई महाधिवेशन प्रतिनिधिमा आउन दिइएन, ओली समूहले कोटामा बसेर एकलौटी रुपमा प्रतिनिधिहरू छान्ने काम गर्यो ।’
सर्लाही जस्तो जिल्लामा माओवादीबाट ठूलो संख्यामा कार्यकर्ताहरु एमालेमा प्रवेश गरेको भए पनि एकै जना पनि प्रतिनिधि नछानिएको प्रमुख साह निकटका नेताहरुको गुनासो छ ।
पूर्व माओवादीका प्रदेश स्तरका एक नेताले भने, ‘महाधिवेशन प्रतिनिधि छान्ने नाममा नाटक मञ्चन भएको छ, सम्मेलनै नगरी पूर्वएमाले समूहका नेताहरु बसेर लेटर प्याडमा प्रतिनिधिको नाम लेखेर पठाउने काम गरिएको छ, यो नाटक शिवाय अरु केही होइन ।’

त्यसैगरी धनुषाबाट पनि प्रभु साहको मान्छेलाई एकजना पनि प्रतिनिधि नबनाइएको पूर्वमाओवादी समूहको गुनासो छ । सिरहा र बाराबाट भने २÷२ जना प्रभु साहको पक्षबाट प्रतिनिधिहरू छानिएको सो समूहको भनाइ छ ।
महोत्तरी र प्रभु साहकै गृहजिल्लाबाट पनि प्रतिनिधिहरु छानिन नसकेको प्रभु साहसँग नजिक रहेका एक नेताले बताए ।
सहमति नभए पदाधिकारीमा उठ्ने
यसैबीच, नेकपा एमालेको स्थायी कमिटीमा समेत नपरेका पूर्वमन्त्री साहले एमालेको दसौँ महाधिवेशन एकताको महाधिवेशन हुनुपर्ने बताउँदै आएका छन् । महाधिवेशनबाट सहमतिकै आधारमा नेतृत्व चयन हुनुपर्ने साहले माग राख्दै आएका छन् ।
साहको भनाइ उधृत गर्दै एक पूर्वमाओवादी नेताले भने, ‘सहमति जुट्यो भने ठीकै छ, जुटेन भने हामी बेग्लै रणनीति अपनाउने छौं । सहमतिका आधारमा अघि नबढ्ने हो भने आफ्नो समूहबाट प्रभु साहले पदाधिकारीमा उम्मेदवारी दिने तयारी अगाडि बढाइरहेको उनले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण