मङ्गलबार, ०२ पुस २०८१
ताजा लोकप्रिय

नेपालगञ्ज पुगेर केपी ओलीले खोजे काँग्रेस ?

बुधबार, ०१ मङ्सिर २०७८, १७ : ०७
बुधबार, ०१ मङ्सिर २०७८

 नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काँग्रेस कहाँ गयो भन्ने प्रश्न गरेका छन् । बुधबार नेपालगञ्जमा विभिन्न पार्टीका कार्यकर्तालाई पार्टी प्रवेश गराउने कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेपालको राजनीतिक इतिहासमा पुरानो इतिहास बनाएको काँग्रेस अहिले हराउँदै र बिलाउँदै गएको बताएका हुन् ।

 उनले भने, ‘काँग्रेस त प्रचण्ड पथमा गयो गयो, काँग्रेस त प्रचण्ड पथमा लागिसक्यो ।’ पुर्व प्रधानमन्त्री समेत रहेका ओलीले काँग्रेसका कार्यकर्ता के हेरेर अझै काँग्रेसमा बसिरहेको भन्दै प्रश्न गरे । ‘कहाँ छ विपी कोइरालाको काँग्रेस ? गणेशमानको काँग्रेस, कहाँ छ कृष्णप्रसाद भट्टराई हुँदाको काँग्रेस ? अहिले त प्रचण्डले जे अह्रायो त्यहीँ’ओलीको भनाइ छ । उनले काँग्रेसलाई अहिले एउटा प्रधानमन्त्रीको कुर्सी भए पुगेको भन्दै अव काँग्रेस एक्लै एमालेसँग चुनाव लड्न नसक्ने दावी समेत गरे । 

‘चार हात टेकेर हिँड्छ काँग्रेस । चुनावसम्म गठबन्धन रे, म काँग्रेसलाई सोध्न चाहान्छु एमालेसँग एक्लै चुनावमा लड्ने दम छ ? सक्छ एमालेसँग एक्लै लड्न काँग्रेसले ? काँग्रेस हिजोको छैन बुढो भयो । अव काँग्रेस अरूसँग तालमेल मिलाउँदा मिलाउँदै कहाँ पुग्ने हो थाहा छैन’, ओलीको टिप्पणी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप