बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

म प्रधानमन्त्री नभएपनि गठबन्धनमा शक्तिशाली नै रहेको छुः प्रचण्ड

बुधबार, ०१ मङ्सिर २०७८, १६ : ४४
बुधबार, ०१ मङ्सिर २०७८

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले आफू प्रधानमन्त्री नभएपनि शक्तिशाली नै रहेको बताएका छन् ।  गठबन्धनमा आफू शक्तिशाली भएको कारणले विकास निर्माण कार्यमा कुनै समस्या नहुने बताउँदै उनले चुरे दोहनमा राजनीति लागेको भएको पनि दावी गरे । बुधबार महोत्तरीमा पार्टीद्वारा आयोजित कार्यक्रममा उनले भने, ‘म मधेशको जंगल र जमिन संरक्षणका लागि कुनै कसर बाँकी राख्ने छैन ।’

उनले तराई मधेशमा ऊर्जा र सिँचाइका लागि काम गर्ने पनि बताए । समग्र मधेशमा सिँचाइको राम्रो व्यवस्था गर्न आफू लागिपरेको बताउँदै उनले मिटरव्याजीबाट पीडित किसानहरुले आफूलाई सबै कुराको जानकारी गराएको बताए ।

प्रदेश २ माओवादी केन्द्रको कब्जामा नआएसम्म मधेशको कुनै कल्याण नहुने दावी गर्दै उनले प्रदेश २ मा पार्टीलाई सबभन्दा बलियो बनाउने गरी काम गर्न नेता कार्यकर्तालाई निर्देशन दिए ।  
संविधान संशोधनका लागि कसैले धोकाधडी गरे फेरि सडकबाट त्यसलाई गलहत्याइने चेतावनी दिँदै अध्यक्ष प्रचण्डले केपी शर्मा अ‍ोलीले मधेशीका लागि संविधान संशोधन नगरेको कारण जनताले सडकबाटै हटाइएको जिकिर गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप