सरकारलाई ओलीको प्रश्न : अनि उनीहरु नाक ठड्याउने ?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा बिजुलीका गाडी चलाउने अभियान आफुले सुरु गरेको बताएका छन् । बुधबार नेपालगञ्जमा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिलेका प्रधानमन्त्री शेरबहादुर देउवाले देशमा उत्पादन भएको बिजुली आफ्नै देशमा खपत गरौ, बिजुलीका गाडी चलाउ, बिजुली भात पकाऊ भनेको सुनेको भन्दै त्यही अभियान आफुले सुरु गरेकाले अहिले सरकारले नाक ठड्याउन पाएको बताएका हुन् ।
‘२० बर्षसम्म यो देशमा लोडसेडिङ हट्दैन भन्ने मान्छेहरु, किनेको विद्युत बाल्नेहरू अहिले त्यसो भन्दैछन्’, पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले आफ्नो नेतृत्वको सरकारले भारतबाट विजुली किनेर भएपनि लोडसेडिङ अन्त्य गरेको बताए ।
‘अनि देशमा नाक ठड्याउने उनीहरु ? आज के भन्न थालेका छन् भने कमसेकम बिजुलीको चुल्हो बाल्न थालौं, नेपालमै बिजुली खपत गरौं, तपाईंहरुले देख्नसक्नुहुन्छ हामीले कसरी विकासको अभियान थालेका थियौ’, ओलीले आफ्नो कार्यकालमा भएका विकासको फेहरिस्त सुनाएका थिए ।
उनले अरुले २० बर्षमा गर्न नसक्ने विकास आफ्नो तीन बर्षे कार्यकालमा भएको दावी समेत गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युरोपा लिगको सेमीफाइनल समीकरण पुरा : को-को पुगे अन्तिम चारमा ?
-
फ्रान्सको लियोंलाई हराउँदै म्यान्चेस्टर युनाइटेड युरोपा लिगको सेमीफाइनलमा
-
विदेशी मुद्रा, आज कसको मूल्य कति ?
-
आज विश्व सम्पदा दिवस मनाइँदै
-
आजदेखि तीन दिन कञ्चनजङ्घा हीरक महोत्सव मनाइँदै
-
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन प्रतिवेदन सार्वजनिक लेखा समितिमा पेश