प्रधानन्यायाधीशको विवादास्पद फैसला उपलब्ध गराउन बारको आह्वान
नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीशले गरेको विवादास्पद फैसला उपलब्ध गराउन आह्वान गरेको छ । बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले विवादित फैसला गरी अन्यायमा पारेकाहरूलाई ती फैसला उपलब्ध गराउन आह्वान गरेका हुन् ।
नेपाल बार एसोसिएसनले बुधवार सर्वोच्च अदालतमा धर्ना दिनुअघि बार भवन परिसरमा कानुन व्यवसायीहरुलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीशबाट अन्यायमा परेकाहरुलाई त्यस्तो फैसला बारलाई उपलब्ध गराउन आह्वान गरेका हुन् ।
प्रधानन्यायाधीश जबराको राजीनामा पछि पनि सम्पत्ति विवरण संकलन गरिने र छानविन हुने उनले बताए । उनले भने, ‘चोलेन्द्र शमशेर जबराले ऊसँग जोडिएका विकृतिका विवादित फैसलाहरू नेपाल बार एसोसिएसनले संकलन गर्नका लागि आह्वान गरेको छ । तपाई साथीहरु ज–जसलाई यिनले अन्याय पारेका छन्, न्याय किनबेच गरेका छन्, ती फैसलाहरू नेपाल बार एसोसिएसनमा उपलब्ध गराइ दिनुहुन अनुरोध गर्दछु । र यिनको राजीनामा पश्चात पनि त्यो फैसला अनुसारको छानविन हुनेछ, उसको सम्पत्ति विवरणहरू हामीले संकलन गर्नेछौँ । कहाँ, कसरी अन्याय किसिमबाट बटुलेका छन् त्यो कुरापनि हामीले हेर्नेछौँ ।’ अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीशको निर्देशनमा बारको आन्दोलन प्रतिकुल हुनेगरी काम भइरहेको आरोप लगाए । उनले प्रधानन्यायाधीशको राजीनामा नआएसम्म बारले देशभर आन्दोलन गर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेलायतमा भएको इंग्ल्याण्डसँगको फुटबलमा नेपाल २–० ले पराजित (फोटो फिचर)
-
डाले घाँसको बीउ पाएपछि मटिहानीका किसान दङ्ग
-
हिउँदे अधिवेशन : ठुला नेताबाटै संसदको उपेक्षा
-
नेपाली महिला फुटबल टोलीलाई एनआईसी एसिया बैंकको सम्मान, अन्जना ब्रान्ड प्रमोटर
-
तीन वायुको प्रभाव नेपालमा, आज यी प्रदेशमा हुनेछ वर्षा
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर