देउवाको गृह जिल्लाका सभापति मल्लको टोलीले थाल्यो सानेपामा रिले अनसन
नेपाली काँग्रेस डडेल्धुराका सभापति कर्ण मल्लको टोलीले रिले अनसन सुरु गरेको छ । काँग्रेस केन्द्रीय कार्यालय सानेपामा बुधबारदेखि मल्ल समूहले अनसन सुरु गरेको हो । डडेल्धुराको क्रियाशील सदस्यतामा धाँधली भएको भन्दै मल्ल समूह अधिवेशन प्रक्रियामा सहभागी भएको छैन ।
केन्द्रीय सभापति शेरबहादुर देउवाको गृहजिल्लामा जिल्ला सभापति मल्लको बहिष्कारका बीच अधिवेशन प्रक्रिया अगाडि बढेको छ । भदौ २५ गते वडा र असोज ९ गते पालिका अधिवेशन हुँदा मल्ल समूहले बहिस्कार गरेको थियो ।
मल्ल समूहले क्रियाशील सदस्यता विवाद टुङ्ग्याएर पुन वडा र पालिका अधिवेशन गर्नुपर्ने माग गरेको छ । तर काँग्रेस केन्द्रीय निर्वाचन समितिले भने डडेल्धुराको अधिवेशनलाई मान्यता प्रक्रिया अगाडि बढाएको छ ।
समितिले मंसिर ३ गते प्रदेशसभा क्षेत्रीय र मंसिर ६ गते जिल्ला अधिवेशनको मिति तोकेको छ । निर्वाचन समितिले आफ्नो मागको सुनुवाइ नगरेपछि मल्लको टोली सानेपामा रिले अनसन बसेको हो ।
डडेल्धुराको रिले अनसनको सुनुवाइ नभएपछि केन्द्रीय कार्यालय सानेपामा अनसन सुरु गरेको छ । मल्ल समूहलाई केन्द्रमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको समर्थन रहेको छ । डडेल्धुराको रिले अनसन तोड्न पौडेल समूहका नेताहरु अर्जुननरसिंह केसी, शेखर कोइराला र गुरुराज घिमिरे डडेल्धुरा पुगेका थिए ।
उनीहरुको रोहबरमा स्थगित भएको रिले अनसन सानेपामा फेरि सुरु भएको छ । जिल्ला सभापति मल्ल, नेविसंघका पूर्वअध्यक्ष केशव सिंह, उपसभापति करुणाकर भट्ट, पूर्व जिल्ला सभापति पदम भट्ट, महाधिवेशन प्रतिनिधि हरि भट्ट, भागेश्वर गाउँपालिका पूर्वसभापति नरबहादुर ठकुराठी र परशुराम नगरपालिका १२ का पूर्वसभापति राजबहादुर भण्डारीले रिले अनसन सुरु गरेका छन् ।
यस्तै जिल्ला नेताहरु नेता भोजराज भट्ट, लोकराज भट्ट, गोकुल शाही, सन्तोष देउवा, भुवन भट्ट र नवदुर्गा ४ का पूर्व वडा सभापति रमेश ऐरलगायत पनि रिले अनसन बसेका छन् । डडेल्धुरा जिल्ला सभापतिका उम्मेदवार भीमबहादुर साउद समूहले जिल्ला सभापति मल्ल नै महाधिवेशन प्रतिनिधि पराजित हुने भएपछि अनसनको नाटक भइरहेको बताएको छ । यसअघि मल्ल समूहले अधिवेशन प्रक्रिया बहिस्कार गरेर डडेल्धुरामा पनि रिले अनसन सुरु गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रियलमीको स्मार्ट वेयरेबल पोर्टफोलियो नेपालमा सार्वजनिक
-
अमेरिकी आणविक वैज्ञानिक र रक्षा कम्पनीका इमेल रुसी ह्याकरहरूको निशानामा
-
फ्रान्समा भीषण डढेलो, पर्यटकीय सहरबाट २० हजारभन्दा बढी मानिसको उद्धार
-
पूर्वपत्नीलाई ६४ करोड डलर तिर्न एसके समूहका अध्यक्षलाई अदालतको आदेश
-
एक वर्षमा काठमाडौँमा २३ सय २५ साइबर ठगीका घटना
-
भेलाको तयारीबारे छलफल गर्न कांग्रेस इतर समूहको बैठक बस्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण