प्रेस सेन्टर नेपाल रौतहटको अध्यक्षमा कार्की

प्रेस सेन्टर नेपाल रौतहटको अध्यक्षमा डिल्ली बहादुर कार्की चयन भएका छन् । बुधबार चन्द्रपुरमा भएको अधिवेशनबाट उपाध्यक्षमा ओमकिशोर चौधरी, समावेशी उपाध्यक्षमा रचना काफ्ले, सचिवमा रमेश कुमार यादव, सह सचिवमा मञ्जु ठाकुर, कोषाध्यक्षमा बिजय साह सर्वसम्मत चयन भएका छन् ।
त्यस्तै सदस्यहरूमा राजेन्द्र कुँवर, चन्देश्वर राउत, विकास श्रीवास्तव, पवन कुमार गुप्ता र दिनेश थापालाई चयन गरिएको छ भने सो अधिवेशनबाट प्रदेश प्रतिनिधिमा कृष्ण तिवारी र दिपेश पौडेल तथा केन्द्रीय प्रतिनिधिमा जितेन्द्र श्रीवास्तव र मनोज साहलाई चयन गरिएको अध्यक्ष कार्कीले जानकारी गराए ।
अधिवेशनको उद्घाटन सत्रमा नेपाल पत्रकार महासङ्घ प्रदेश २ का निवर्तमान महासचिव किरण कर्ण, नेकपा माओवादी केन्द्र राष्ट्रिय परिषद सदस्य तथा केन्द्रीय लेखा आयोग सदस्य एकराज थापा, केन्द्रीय सदस्य जितेन्द्र श्रीवास्तव, मनोज साहलागयतले शुभकामना मन्तव्य राखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विषादी हालेको अङ्गुर खाइरहनु भएको त छैन ? यसरी सफा गर्नुस्
-
कोलेस्ट्रोल घटाउन चाहनुहुन्छ ? बिहान अपनाउनुहोस् यी ५ बानी
-
सिमेन्टपछि फलामे जाली र छडको पनि मूल्य बढ्यो
-
लन्डनमा डेढ महिनादेखि हराइरहेका नेपाली विद्यार्थी सकुशल फेला
-
पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
-
आज नारायणको बार कसलाई कति लाभ ?