शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

दिल्लीको न्यूनतम तापक्रम १० डिग्री सेल्सियस, प्रदूषण नाजुक अवस्थामा

बुधबार, ०१ मङ्सिर २०७८, १४ : ०९
बुधबार, ०१ मङ्सिर २०७८

भारतको दिल्लीमा न्यूनतम तापक्रम १० डिग्री सेल्सियसमा झरेको छ ।  तापक्रम घट्दै गएपछि मङ्गलबार अत्यन्त जाडो महसुस गरिएको दिल्लीका बासिन्दाले बताएका छन् ।  भारतको मौसम विज्ञान विभागले मङ्गलबारको अधिकतम तापक्रम भने २७ डिग्री सेल्सियससम्म पुगेको जनाएको छ । 

भारतको केन्द्रीय राजधानीसमेत रहेको दिल्लीमा एकातिर चिसो बढीरहेको छ भने अर्कातिर प्रदूषणको असर पनि बढिरहेको छ । वायुको गुणस्तर मङ्गलबार ३९६ रहेकोमा बुधबार घटेर ३७९ मा पुगेको अधिकारीले जानकारी दिएका छन् । 

तिहारको बेला अत्यधिक धेरै पटका पड्काइएकाले वायु प्रदूषण बढेर खतरापूर्ण अवस्थामा पुगेको हो । प्रदूषण धेरै हानिकारक अवस्थामा पुगेकाले केही समय लकडाउन गर्न सरोकारवालाले सुझाव दिएका छन् ।  त्यसैगरी चिकित्सकले पनि केही दिन घरबाहिर ननिस्कन र विषेश गरेर बालबालिकालाई प्रदूषणबाट जोगाउन ध्यानाकर्षण गराएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप