आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

विश्वासको मत दिन्नौ तर सहकार्य गर्छौ : कार्की

बुधबार, ०१ मङ्सिर २०७८, १३ : ४६
बुधबार, ०१ मङ्सिर २०७८

प्रदेश १ नेकपा एमालेका सांसद हिक्मत कार्कीले मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई आफ्नो पार्टीले विश्वासको मत दिन नसक्ने बताएका छन् । बुधबार प्रदेशसभामा मुख्यमन्त्री राईको प्रस्तावमाथिको छलफलमा भाग लिँदै सत्ता गठबन्धन पार्टी फुटाउने, कार्यकर्ताको मन फुटाउने मात्रै नभएर जन अपेक्षाको सरकार नभएकाले सरकारलाई विश्वासको मतको विपक्षमा मतदान गर्ने बताए ।

गठबन्धनप्रति आक्रोश पोख्दै कार्कीले विश्वासको मत नदिए पनि रचनात्मक प्रतिपक्षको भूमिका खेल्न र विकासका काममा सहकार्य गर्न सकिने बताए ।

उनले भने, ‘तपाइँहरुको काम अर्काले गरेका काम खारेज गर्नेमात्र हो ? यस्ता कुरालाई समर्थन गर्न सकिँदैन’ कार्कीको भनाइ छ ।  त्यस्तै उनले माधव नेपालको नाम लिँदै यो पार्टीलाई जनताले साथ नदिने बताए ।  ‘जाँड रक्सी खान पाइने छैन । महिलाबाट टाढा रहनुहोला भनेर माधव नेपालले निर्देशन दिएको भिडियो सुनेको छु । तर पार्टी फोर्नुभयो, साम्पेन फोर्नुभयो । कार्यकर्ताको मन फोर्नुभयो  । पछि मन्त्रालय पनि फोर्नुहुन्छ । त्यसैले विश्वासको मत दिन सक्दैनौ । तर प्रदेशको विकासका विषयमा सहकार्य गर्न तयार छौ’ कार्कीको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप