श्रीमतीको हत्यापछि आत्महत्याको प्रयास
बुधबार, ०१ मङ्सिर २०७८, १३ : ०९
उदयपुरको लिम्चुङबुङ गाउँपालिका–५ जाँते हिम्माका ७० वर्षीय सन्तबहादुर राईले धारिलो हतियार प्रयोग गरी श्रीमतीको हत्या गरेका छन् । सन्तबहादुर राईले श्रीमती ५६ वर्षाीया चतुरमाया राईलाई मंगलबार राति २३ः३० बजेतिर धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता वेदप्रसाद गौतमले जानकारी दिए ।
श्रीमतीको हत्या गरेपछि उनले पनि घाँटी रेटेका थिए । उनलाई घाइते अवस्थामा प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी वेदप्रसाद गौतमले जानकारी दिए । उनलाई प्रहरीले जिल्ला अस्पताल गाईघाटमा उपचारको लागि ल्याएको छ । हत्याको बारेमा थप अनुसन्धानका लागि घटनास्थलमा प्रहरीको टोली खटिएको सूचना अधिकारी गौतमले जानकारी दिए । मृतक चतुरमाया सन्तबहादुरीकी कान्छी श्रीमती हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे, १० समाचार : ओली आराममा, रविको सुतिरहेको तस्बिर सामाजिक सञ्जालमा हाल्नेलाई कारबाही गरिने
-
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
-
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौँ : मन्त्री गुरुङ
-
सोकेस आयोजना ३५ मा सीमित हुनसक्ने, आयोजनाको संख्या बढाउन दबाब
-
रविको ‘भाइरल तस्बिर’ बारे छानबिन गर्न समिति गठन
-
माधव र वामदेवबिच पार्टी एकताबारे छलफल