मङ्गलबार, २७ फागुन २०८१
ताजा लोकप्रिय

सातौं पटक सर्वोत्कृष्ट करदाता बने राणा

बुधबार, ०१ मङ्सिर २०७८, १२ : ५३
बुधबार, ०१ मङ्सिर २०७८

यो वर्ष २०७८ को कर दिवस (१० औं कर दिवस) मा पनि सिद्धार्थ शमशेर राणा व्यक्तिगततर्फ सबैभन्दा धेरै कर तिरेर सर्वोत्कृष्ट करदाता बनेका छन् । गतवर्ष सबैभन्दा बढी कर तिर्ने सूचीको दोस्रो स्थानमा रहेका राणा यसपटक फेरि अग्रस्थानमा परेका हुन् । गत वर्षअघि राणा लगातार ६ वर्षसम्म सर्वोत्कृष्ट करदाताका रुपमा सम्मानित बनेका थिए । 

यससहित उनी सातौं पटक सरकारबाट व्यक्तिगततर्फ सबैभन्दा धेरै कर तिर्ने व्यवसायीको रुपमा सम्मानित भएका छन् । सिप्रदी ट्रेडिङका अध्यक्ष राणाले अन्य धेरै कम्पनीमा समेत लगानी गरेका छन् । सिप्रदी भारतीय टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता हो । 

राणा नै सञ्चालक समितिका निर्देशक रहेको सूर्य नेपाल बहुराष्ट्रियतर्फ सबैभन्दा धेरै कर तिर्ने कम्पनीका रुपमा भएको छ । यसका साथै, राणाको लगानी सिप्रदी इनर्जी, सिप्रदी अर्थमुभर, सिप्रदी अटोपार्टस, सिप्रदी अस्योर्ड, हिमालयन इन्टरनेशनल इनर्जी, भोटेकोशी पावर, तारा म्यानेजमेन्ट, सूर्य फण्ड, सोल्टी ग्रुप, अमरावती ट्राभल, एम ट्रिप लगायत कम्पनीमा समेत छ ।

प्रभाकरशमशेर राणाका छोरा सिद्धार्थ स्वच्छ व्यवसायलाई प्राथमिकतामा राख्छन् । हाल बेलायतमा रहेका राणा सात पटक सर्वोत्कृष्ट करदाता घोषित हुँदा एक पटक मात्रै सम्मान कार्यक्रममा सहभागी बनेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?