शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

रुपन्देहीमा कटुवा पेस्तोलसहित पक्राउ

बुधबार, ०१ मङ्सिर २०७८, १२ : २०
बुधबार, ०१ मङ्सिर २०७८

रुपन्देहीको तिलोत्तमा नगरपालिका–१४ दुर्गानगरबाट १ थान कटुवा पेस्तोल सहित  एक युवक पक्राउ  परेका छन् । प्रहरीले स्थानीय २८ वर्षीय सन्दीप थापालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको जनाएको छ । पेस्तोल लिएर हिडेको सुचनाको आधारमा  वडा प्रहरी कार्यालय भैरहवा र प्रहरी चौकी चिल्हियाबाट खटिएको पक्राउ गरी आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ ।

यस्तै प्रहरीले बुटवल उपमहानगरपालिका–५ नेपालगन्ज रोडस्थित पूर्वाञ्चल होटल एण्ड लजको कोठा नम्बर १०१ बाट २७ ग्राम ८ सय मिलिग्राम अवैध लागूऔषध ब्राउन सुगर सहित दुई जनालाई  पक्राउ गरेको छ । पक्राउ पर्नेमा नवलपरासी प्रतापपुर गाउँपालिका–५ बस्ने ३५ वर्षीय मोहमद अफ्रोज मिया लगायत २ जनालाई पक्राउ गरेको छ । अर्को एक जनाको नाम गोप्य राखिएको छ ।  घटनाबारे थप अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप