बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘इंग्लिस क्रिकेट ‘संस्थागत’ रूपमा नै जातिवादी’

बुधबार, ०१ मङ्सिर २०७८, १२ : ०६
बुधबार, ०१ मङ्सिर २०७८

योर्कसायरका पूर्व क्रिकेटर अजिम रफिकले इंग्ल्याण्डको क्रिकेट ‘संस्थागत’ रूपमा जातिवादी रहेको बताएका छन् । डिजिटल, कल्चर, मिडिया र स्पोर्ट सेलेक्ट कमिटीसामु बयान दिँदै ३० वर्षीय रफिकले योर्कसायरमा रहँदा जातिवादी भाषा ‘नियमित’ रूपमा प्रयोग भएको बताएका हुन् ।

निकै भावुक बयानमा उनले सन् २०१७ मा आफ्नो छोरा मृत जन्मँदा क्लबले ‘अमानवीय’ व्यवहार देखाएको पनि उनले आरोप लगाए । आफूले योर्कसायरमा भोगेको अनुभव इंग्ल्याण्डको घरेलु क्रिकेटमा ‘कुनै सङ्कोच’ बिना सबैतिर फैलिएको जिकिर गरे । ‘मैले मात्र एक स्वीकारोक्ति, एक माफी, एक बुझाइ र यस्तो फेरि कहिले नहोस् भन्ने मात्र चाहेको थिएँ,’ उनले भने, ‘यसले मलाई जति नै हानी पुर्‍याए पनि म यो कुरालाई त्यतिकै जान दिने पक्षमा थिइनँ । म आवाजविहीनहरूको आवाज बन्न प्रतिबद्ध थिएँ ।’

रफिकमाथि जातीय उत्पीडन र धम्कीको शिकार भएको थाहा हुँदाहुँदै पनि क्लबले कसैमाथि कारबाही नगरेको एक रिपोर्टमा पत्ता लागेपछि रफिकले सांसदहरूलाई आफ्ना प्रमाणहरू प्रस्तुत गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप