सोमबार, ०१ पुस २०८१
ताजा लोकप्रिय

एसियन लाइफले घोषणा गर्यो २७ प्रतिशत लाभांश

बुधबार, ०१ मङ्सिर २०७८, ११ : ३८
बुधबार, ०१ मङ्सिर २०७८

एसियन लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरूलाई २७ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले आकर्षक लाभांश घोषणा गरेको हो । कम्पनीले २५ प्रतिशतका दरले हुन आउने ५० करोड २६ लाख ९० हजार रुपैयाँ बराबरको बोनस सेयर र २ प्रतिशतका दरले हुन आउने ४ करोड २ लाख १५ हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने भएको हो ।

कम्पनीको सञ्चालक समितिले गरेको निर्णय बीमा समिति र आगामी वार्षिक साधारण सभाले पारित गर्नुपर्ने छ । लाभांश वितरणपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब ५१ करोड रुपैयाँ पुग्ने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप