भेट्न नआएपछि सिधै राज कपुरको बेडरुममा पुगेकी थिइन् नरगिस, श्रीमतीसँग यस्तो हालतमा देखेपछि खाइन् कसम
राज कपूर र नरगिसले थुप्रै फिल्ममा सँगै काम गरे । उनको जोडीलाई पनि दर्शकले निकै रुचाए । दुबैबीच अफेयरको चर्चा पनि धेरै नै भए । यहाँसम्म कि नरगिसले पहिलादेखि नै विवाहित राज कपुरलाई असाध्यै प्रेम गर्न थालेकी थिइन् । नरगिस यति सुन्दर थिइन् कि पहिलो नजरमा नै उनी राज कपुरको नजरमा पर्न सफल भइन् । नरगिसको राज कपुरसँग पहिलो भेटघाट उनको आफ्नै घरमा भएको थियो । शोम्यान नामबाट चर्चित राज कपुर नरगिसकी आमा डान्सर जद्दन बाईसँग भेट्न गएका थिए । उनी त्यतिबेला घरमा थिइनन् र शोम्यानका लागि ढोका नरगिसले खोलेकी थिइन् ।
ग्रेट शोम्यान राज कपुरको बलिउडमा यसै पनि थुप्रै किस्सा चर्चित छन् । तीन राष्ट्रिय पुरस्कार र ११ फिल्मफेयर पुरस्कारबाट सम्मानित राज कपुरले १० वर्षको उमेरमा पहिलो पटक हिन्दी फिल्म ‘इंकलाब’ मा अभिनय गरे । उनले २४ वर्षको उमेरमै आफ्नै स्टुडियो ‘आर. के. स्टुडियो’ स्थापना गरे । उनले करिब चार दशकसम्म फिल्म इन्डष्ट्रिमा राज गरे । पहिलो पटक नरगिसलाई भेट्दा नै राज कपुर उनीप्रति आकर्षित भएका थिए । यहिँबाट यी दुईबीच परिचयको सिलसिला अघि बढ्यो । एकदिन नरगिस र राज कपुरले सँगै छुट्टी मनाउने योजना बनाएका थिए । नरगिस शोम्यानको बाटो कुरिरहेकी थिइन् तर राज कपुर त्यसदिन उनको घरमा आइपुगेनन् ।
यसैकारण नरगिस सिधा उनको घरमा पुगिन् । त्यतिबेला राज कपुरको घरमा पार्टी चलिरहेको थियो । तर उनी कतै देखिएनन् । नरगिस खोज्दै उनको बेडरुममा गइन् । उनले सिधै कोठाभित्र पुग्दा राज कपुरले आफ्नी श्रीमतीको गलामा हार लगाइरहेका थिए । यो देखेर नरगिस चुपचाप बाहिर निस्किइन् । भारतीय सञ्चार माध्यमका अनुसार नरगिसलाई त्यस दिनदेखि नै थाहा भयो कि राज कपुरसँग उनको सम्बन्ध धेरै दिनसम्म चल्न सक्दैन र उनीहरुबीचको प्रेम अघि बढ्न सक्दैन । त्यहि दिनदेखि नरगिसले राज कपुरसँगको आफ्नो सम्बन्ध तोड्ने निर्णय गरेकी थिइन् । त्यो दिनदेखि नरगिसले कहिल्यै राज कपुरलाई नभेटेको पनि बलिउडमा हल्ला छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुटपिट र भोकै राखेर श्रम शोषण गरिएका एक नेपालीसहित १२ मजदुरको भारतबाट उद्धार
-
प्रतिनिधिसभाको शुक्रबारको बैठकका लागि सम्भावित कार्यसूची तय
-
लुम्बिनीमा बजेटमाथिको छलफल अन्योल, लगातार सर्दै प्रदेश सभा बैठक
-
६ पदाधिकारीको मतदान राति ९ बजे, नतिजा घोषणा मध्यराति
-
वैकल्पिक विकास वित्त परिचालन विधेयक प्रमाणीकरण
-
होल्डिङ सेन्टर खाली गर्न सरकारको अल्टिमेटमपछि सुकुमबासीको चेतावनी, ‘विकल्प नदिए पुरानै ठाउँमा छाप्रो हाल्छौँ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण