विदेशी नियोगले सोधखोज गरेपछि कलाकार संघले रोक्यो सिफारिस

नेपाल चलचित्र कलाकार संघले कलाकारलाई प्रदान गर्दै आएको सदस्यता तथा सदस्य कलाकारको निवेदन अनुसारको सिफारिस हाललाई स्थगित गर्ने निर्णय गरेको छ । संघका अध्यक्ष रविन्द्र खड्काको अध्यक्षतामा मंगलबार बसेको संघको बैठकले शो निर्णय गरेको हो ।
संघका उपाध्यक्ष तथा प्रवक्ता मोहन निरौलाले बुधबार एक प्रेस विज्ञप्ती जारी गर्दै संघको निर्णय जानकारी दिएका हुन् । संघले हालसम्म कलाकारको बिषयमा गरेको सिफारिसको सम्बन्धमा केही विदेशी नियोगबाट सोधखोज हुन थालेपछि संघ र कलाकारको गरिमा जोगाउन सिफारिसको बिषयमा निर्णय गरेको जनाएको छ ।
प्रेस विज्ञप्ती
नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काको अध्यक्षतामा कार्तिक २५ गते बसेको कार्यकारिणी समितिको बैठकले संघले कलाकारहरूलाई प्रदान गर्दै आएको सदस्यता र सदस्य कलाकारहरूको निवेदन अनुसार प्रदान गर्दै आएको सिफारिश हाललाई स्थगित गर्ने निर्णय गरेको छ ।
साथै बैठकले हाल सम्म सदस्यताका लागि परेको आवेदन माथि छानविन गर्ने र सिफारिसमा केही बिदेशी नियोगबाट सदस्य कलाकारको बारेमा सोधनी भै आएकोले संघ र कलाकारको गरिमालाई यथावत राख्नु जरूरी भएकाले सो सम्बन्धमा सम्बन्धित पक्षसँग पत्राचार गरी सत्य तथ्य पत्ता लगाउनु आवश्यक भएकाले हाललाई सिफारिश समेत स्थगित गर्ने निर्णय गरेको हो ।
संघले कम्तिमा ५ वटा व्यवसायिक चलचित्रमा अनुबन्ध भएर काम गरेका कलाकारलाई साधारण सदस्य प्रदान गर्ने विधानमा उल्लेख गरिएको छ । केही सदस्यताको आवेदन सम्बन्धमा उजुरी परि बुझ्नु परेकाले संघले सदस्यताको बिषयमा छानबिन गर्न लागेको हो ।
यसैगरी निर्माण प्रदर्शन र कलाकारको पेशागत उत्थानका लागि चलचित्र क्षेत्रलाई चलायमान बनाउन एक दिवसीय अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने पनि निर्णय गरेको छ । उक्त समितिको संयोजकमा महासचिव चेतबहादुर सिंह राजा र सदस्य सचिवमा कोषाध्यक्ष सुनिल कटुवाललाई मनोनयन गरिएको छ ।
समिति एघार सदस्यीय रहने छ । सदस्यता र सिफारिसको स्थगनले कलाकारहरूमा पर्न जाने असुविधाका लागि क्षमा प्रार्थी छौं ।
मोहन निरौला
उपाध्यक्ष तथा प्रवक्ता, नेपाल चलचित्र कलाकार संघ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डच भाषाशास्त्री जर्ज भानद्वारा लिखित ‘अ ग्रामर अफ लिम्बू’को विमोचन
-
नेशनल लाईफले सप्ताहव्यापी कार्यक्रम गरेर मनायो ३८औं वार्षिकोत्सव
-
१२ बजे, १२ समाचार : कुलमानलाई हटाउन लागेको भन्दै प्रतिनिधि सभामा विरोधदेखि निजामती कर्मचारीको उमेरहद बढाउने तयारीसम्म
-
सरकारले ल्याएका ५ वटा अध्यादेश स्वीकृत
-
अमेरिकाबाट डिपोर्ट हुनेमा २२ वर्षीय युवक र एक महिलासहित ८ जना रहेको पुष्टि
-
नेपालमा लिपमोटर टि०३ सार्वजनिक, मूल्य कति ?