शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

छोरा जन्मिएको एक वर्षपछि टेलिभिजन अभिनेताले गरे धुमधामसँग विवाह

बुधबार, ०१ मङ्सिर २०७८, १० : ५०
बुधबार, ०१ मङ्सिर २०७८

विवाह सबै व्यक्तिको जीवनको एक महत्वपूर्ण निर्णय हो । यस्तोमा धेरैले यसलाई अविस्मरणीय बनाउन चाहन्छ । मनोरञ्जन जगतमा हुने अभिनेता र अभिनेत्रीको विवाहलाई त धेरैले थुप्रै वर्षसम्म यादसमेत गरिरहन्छन् । तर अघिल्लो वर्ष कोरोना महामारीका कारण केही सेलिब्रिटीले निकै साधारण तरिकाले विवाह गरे  । यस्तै साधारण विवाह गर्नेमा  टिभीका अभिनेता अभिनेत्री पूजा बनर्जी र कुणाल वर्मा पनि समावेश छन् । पूजा बनर्जी जय मां वैष्णोदेवीकी अभिनेत्री हुन् भने कुणाल वर्मा देवो के देव महादेवका अभिनेता हुन् ।

पूजा–कुणाले दोस्रो पटक गरे विवाहः

​कोरोना महामारीका कारण सन् २०२० मा थुप्रै सेलिब्रिटीले धुमधामसँग विवाह गर्न सकेका थिएनन् । पूजा र कुणाल वर्मा पनि अघिल्लो वर्ष अप्रिलमा धुमधामसँग विवाह गर्ने तयारीमा थिए तर कोरोना महामारीका कारण उनीहरुले आफ्नो योजना रद्द गर्नुपर्यो र साधारण तरिकाले यी दुईले अदालतमा विवाह गरे । सन् २०२० अक्टोबरमा पूजा बनर्जीले छोरा जन्माइन् । यद्यपि, अब कोभिड कम भएपछि यी दुईले पुनः धुमधामसँग विवाह गरेका छन् ।

गोवामा भयो यी दुईको विवाहः

​पूजा बनर्जी र कुणाल वर्माले गोवामा दोस्रोपटक विवाह गरे । यी दुईले सोमबार (१५ नोभेम्बर) मा विवाह गरेका हुन् । पूजा बनर्जी बंगाली हुन् र उनले बंगाली रिति–रिवाजसमा कुणाल वर्मासँग विवाह गरिन् । पूजा सुन्दर पाल्कीमा बसेर विवाह स्थल पुगिन् भने कुणाल पनि आफ्नी दुलही लिन घोडामा गए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप