बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

पहिलो ई–पासपोर्ट सत्यमोहन जोशीलाई

बुधबार, ०१ मङ्सिर २०७८, ०९ : २७
बुधबार, ०१ मङ्सिर २०७८

सरकारले बुधबारदेखि विद्युतीय राहदानी (ई-पासपोर्ट) को परीक्षण वितरण सुरु गर्दैछ । सन् २०२२ देखि नेपालमा औपचारिक रूपमा ई-पासपोर्ट प्रचलनमा ल्याउन लागिएको राहदानी विभागले जनाएको छ ।

ई-पासपोर्टको औपचारिक उद्घाटन परराष्ट्रमन्त्री डा नारायण खड्काले बुधबार दिउँसो २ बजे गर्दै छन् । सोही कार्यक्रममा शताब्दी पुरुष सत्यमोहन जोशीलाई दिइने परराष्ट्रमन्त्री खड्काका निजी सचिव कृष्णप्रसाद सुवेदीले रातोपाटीलाई जानकारी दिए ।

उनले भने, ‘ई पासपोर्ट वान सत्यमोहन जोशीको नाममा तयार भएको छ । आज नै उहाँलाई दिइने छ । यहाँलाई कार्यक्रममा ल्याउने सबै व्यवस्था पनि मिलाइसकेका छौं।’ 

यस्तै २०२२ को जनवरीको पहिलो सातादेखि नै विद्युतीय राहदानी प्रचलनमा ल्याइने विभागका महानिर्देशक डोरनाथ अर्यालको भनाइ छ । गत वर्षको सेप्टेम्बर महिनामा फ्रान्सेली कम्पनीसँग सम्झौता गरेर विद्युतीय राहदानी उत्पादन अघि बढाइएको थियो । गत वर्षको डिसेम्बर २३ मा करिब साढे दुई अर्ब रुपियाँ लागतको सम्झौता विद्युतीय राहदानीका लागि भएको थियो ।

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप