कात्तिक नाच : आज हिरण्यकश्यपु वध मञ्चन गरिने
![कात्तिक नाच : आज हिरण्यकश्यपु वध मञ्चन गरिने](https://rpcdn.ratopati.com/media/albums/kartik_nach_kattik_nach__10_s4kldE2SKF.jpg)
पाटनको मणिगल क्षेत्र ‘कात्तिक डबली’ मा आज कात्तिक नाचअन्तर्गतको आठौँ अर्थात् अन्तिम दिन नृसिंह अवतार–हिरयण्यकश्यपु वध मञ्चन गरिने भएको छ । प्रत्येक वर्ष ललितपुर दरबार क्षेत्रमा ‘कात्तिक नाट्य महोत्सव’ मञ्चन गर्ने परम्परानुसार साँझ सो नृृत्य प्रदर्शन गरी यो वर्षको नृत्य समापन गर्न लागिएको हो । भगवान विष्णु अनि दैत्यराज हिरण्यकश्यपु तथा भक्त प्रल्हदको कथामा आधारित नृत्य प्रदर्शन गरिने कात्तिक नाच संरक्षण समितिका अध्यक्ष किरण चित्रकारले जानकारी दिए । सो नाटकमार्फत अरुलाई अन्याय तथा अत्याचार गर्न नहुने यदि गरेमा आफू पनि उक्त जालमै परिने सन्देश छर्न खोजिएको अध्यक्ष चित्रकार बताउँछन् ।
विसं १६९७ मा पाटनका राजा सिद्धिनरसिंह मल्लले देश र जनताको कल्याणार्थ सो नाचको सुरुआत गरेको बताइन्छ । कात्तिक नाचको माध्यमद्वारा देशमा आउने बिघ्नबाधा हटी शान्त्ति र सुव्यवस्था कायम रहने विश्वास छ । कात्तिक महिनाभरि विभिन्न विधि र प्रकारका नृत्य प्रदर्शन गरिने भएकाले यस नाचलाई ‘कात्तिक नाच’ भनिएको हो । सत्ताइस दिनसम्म सो नाच प्रदर्शन गर्दा हरेक दिन विभिन्न विषयवस्तु तथा कथामा आधारित रही बेग्लाबेग्लै तरिकाले नृत्य मञ्चन गरिनु यसको विशेषता मानिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा संसदीय दलको बैठक आइतबार
-
प्रधानमन्त्री र कांग्रेस नेता कोइरालाबिच भेट
-
तनहुँमा पृथ्वी राजमार्गको कल्भर्ट बगायो, वैकल्पिक बाटो प्रयोग गर्न आग्रह
-
कान्ति लोकपथ, बीपी राजमार्गसहित देशभर ३६ सडक खण्ड अवरुद्ध (विवरणसहित)
-
मधेस प्रदेशका मुख्यमन्त्री सिंहले पाए विश्वासको मत
-
भीम रावलको प्रश्न, ‘नयाँ सरकारले सहकारी प्रकरण र सीमा विवाद सुल्झाउँछ कि सुल्झाउँदैन ?’