शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

ए डिभिजन लिगको दुई चरणका खेल दशरथ रंगशालामा हुने

मङ्गलबार, ३० कात्तिक २०७८, २१ : ५७
मङ्गलबार, ३० कात्तिक २०७८

मंसिर ३ गतेबाट हुने सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत सुरुवाती दुई चरणका सबै खेल दशरथ रंगशालामा हुने भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले यस अघि जारी गरेको तालिकालाई हेरफेर गर्दै नयाँ खेल तालिका सार्वजनिक गरेको छ । जस अन्तर्गत सुरुआती दुई चरणको सबै खेल त्रिपुरेश्वरस्थित रंगशालामा हुने जनाएको छ । यस अघि एन्फाले आयोजना गरेको ड्र सार्वजनिक कार्यक्रमबाट खेल दशरथ रंगशाला र एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने जनाएको थियो ।

शुक्रबारबाट सुरु हुने लिगको उद्घाटन खेलमा फ्रेन्ड्स क्लब र सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । दशरथ रंगशालामा हुने उद्घाटन खेल फ्लड लाइटमा खेलाइने छ । उक्त खेल अपरान्ह ४ः४५ बजे सुरु हुनेछ । दोस्रो दिनबाट हरेक दिन दुई खेलहरू हुने छन्  । पहिलो खेल १ बजे हुनेछ भने दोस्रो खेल ४ः४५ बजे हुनेछ । कुल १४ टोलीले सहभागिता जनाएको प्रतियोगितामा ९१ खेल हुनेछन् । लिगको पुछारका दुई टिम रेलिगेसनमा रहँदै बी डिभिजनमा घटुवा हुनेछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप