७७ जिल्लामै पुग्यो स्वरोजगार कार्यक्रम
मङ्गलबार, ३० कात्तिक २०७८, २१ : ४७
युवा तथा साना व्यवसायी स्वरोजगार कोष कार्यक्रम नेपालको ७७ जिल्लामै विस्तार गरिएको छ । मंगलबार बसेको युवा तथा साना व्यवसायी स्वरोजगार कोषको बोर्ड बैठकले मनाङ र मुस्ताङ जिल्लामा समेत कोष बिस्तार गर्ने निर्णय गरेसँगै उक्त कार्यक्रम ७७ जिल्लाभर लागू हुने भएको हो ।
युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजको अध्यक्षतामा सिंहदरबारस्थित मन्त्रालयमा बसेको बोर्डको ५४औँ बैठकले थप दुई जिल्ला (मनाङ र मुस्ताङ) मा उक्त कार्यक्रम बिस्तार गर्ने निर्णय गरेको हो । कोषको अध्यक्षको हैसियतमा बोर्डको पहिलो बैठक बोलाउनुभएका मन्त्री अथकले देशभरका युवालाई स्वरोजगार बनाउने उद्देश्यले थप दुई जिल्लामा समेत उक्त कार्यक्रम लागु गर्न निर्देशन दिए । नेपाल सरकारबाट बि.सं. २०६५ सालमा स्थापना भएको कोषले युवाहरूलाई सहुलियत दरमा कर्जा प्रवाह गर्दै आइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेशसँग १२९ रनको अग्रता लिँदै पुलिस क्लबद्वारा पाली समाप्तिको घोषणा
-
काठेखोलामा पाँच करोड ४० लाखको सुन्तला उत्पादन
-
मण्डलामा अब ‘मुक्कुम्लुङः चोत्लुङ अफ याक्थुङ’ मञ्चन हुने
-
बिहान कफी पिउनुस्, घट्न सक्छ मृत्युको जोखिम
-
आगलागीमा परी एकको मृत्यु
-
च्याम्पियन्स ट्रफी क्रिकेटअघि बङ्गलादेशलाई शकिबको ‘बलिङ एक्सन’ को चिन्ता