शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बैंकहरूले  फेरि बढाए ब्याजदर : १० प्रतिशतको  व्यवस्थामाथि टेकेर निक्षेपमा अधिकतम १०.०५ प्रतिशत प्रस्ताव !

मङ्गलबार, ३० कात्तिक २०७८, २१ : ३४
मङ्गलबार, ३० कात्तिक २०७८

वाणिज्य बैंकहरूले फेरि पनि निक्षेपको ब्याजदर बढाएका छन् । मंगलबार २४ वाणिज्य बैंकहरूले मङ्सिर महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गर्दै निक्षेपमा अधिकतम १०.०५ प्रतिशतसम्म प्रस्ताव गरेका हुन् ।

तथापि, सार्वजनिक नयाँ ब्याजदर अनुसार २४ बैंक बाहेकका तीन बैंक राष्ट्रिय वाणिज्य बैंक, मेगा बैंक नेपाल र स्टाण्डर्ड चार्टर्ड बैंकले भने तुलनात्मक रुपमा कम ब्याजदर दिने प्रस्ताव गरेका छन् । सबैभन्दा सस्तो राष्ट्रिय वाणिज्य बैंकले ९.११ प्रतिशत ब्याजदर दिने भएको छ। यसैगरी मेगा र स्टाण्डर्ड चार्टर्ड बैंकले क्रमशः ९.५० प्रतिशत र ९.९६ प्रतिशत ब्याज दिने प्रस्ताव गरेका छन् ।

१० प्रतिशतको व्यवस्थामाथि टेकेर १०.०५ प्रतिशत प्रस्ताव !

नियामक राष्ट्र बैंकले यसअघि महिनामा एक पटक त्यो पनि १० प्रतिशत भन्दा बढी ब्याजदर तलमाथि गर्न नपाइने व्यवस्था गरेको छ । सोही व्यवस्थामाथि टेकेर पुनः बैंकहरूले १० प्रतिशत ब्याजदर सार्वजनिक गरेका हुन् । 

त्यसो त अघिल्लो महिना नै बैंकहरूले अस्वस्थ प्रतिस्पर्धामा उत्रिएर मनलाग्दी आफूखुसी निक्षेप र कर्जाको ब्याजदर तोक्न थालेपछि केन्द्रीय बैंकले १० प्रतिशतको बाध्यकारी सीमा तोकिदिएको थियो । तर, सोही व्यवस्थामाथि टेकेर बैंकहरूले पुनः ब्याजदर वृद्धि गरेका छन् । 

यसै विषयमा राष्ट्र बैंकले समेत व्यवस्था बमोजिम नै बैंकहरूले ब्याजदर तोकेका बताएको छ । यद्यपि, सोही व्यवस्थाका कारणले अर्को महिना पनि १० प्रतिशतका दरले बैंकहरूले ब्याजदर बढाउने छुट पाउने देखिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप