आइतबार, २३ असार २०८१
ताजा लोकप्रिय

ज्योतिलाइफ इन्स्योरेन्सको जीवन बीमा कोष शतप्रतिशत वृद्धि

मङ्गलबार, ३० कात्तिक २०७८, २१ : २९
मङ्गलबार, ३० कात्तिक २०७८

घातक रोग उपचार सुविधा दिने नेपालको एकमात्र ज्योति लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०७८÷७९ को पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । वित्तीय विवरण विश्लेषण गर्दा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा यस आर्थिक वर्षको पहिलो त्रैमासमा कूल बीमा शुल्कमा ५० प्रतिशत वृद्धि भई ८१.७८ करोड रुपैयाँ आर्जन गरेको देखिएको छ ।

कम्पनीले कुल लगानी रकममा ८२ प्रतिशत वृद्धि गरेको छ भने खुद नाफामा २८ प्रतिशत वृद्धि गर्दै  ९.२३ करोड रुपैयाँ नाफा गर्न सफल भएको छ । व्यवसाय तथा लगानी वृद्धि र सञ्चालन खर्चमा सन्तुलन लगायत कारणले कम्पनीको जगेडा कोषमा समेत ४४ प्रतिशत वृद्धि भई ६६.१० करोड रुपैयाँ कायम भएको कम्पनीले जानकारी दिएको छ । 

जीवन बीमा कोषमा १०१ प्रतिशत वृद्धि भई ४.५५ अर्ब रुपैयाँ कायम गर्न कम्पनी सफल भएको देखिन्छ । जीवन बीमा कम्पनीको बलियो आधार तथा एक महत्त्वपूर्ण सूचकको रूपमा जीवन बीमा कोषलाई लिइन्छ, जसले बीमितहरुले पाउने बोनस दरमा समेत सकारात्मक प्रभाव पार्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप