नेपाल बैंकको ८५ औँ वार्षिकोत्सव : विभिन्न कार्यक्रम आयोजना, सहयोग प्रदान
वि.सं. १९९४ कार्तिक ३० गते स्थापना भएका नेपालकै जेठो बैंक नेपाल बैंक लिमिटेडले ८५ औँ वार्षिक उत्सवको अवसरमा विभिन्न कार्यक्रम आयोजना गरी सहयोग प्रदान गरेको छ । बैंकले भूगोलपार्कस्थित केन्द्रीय कार्यालय परिसरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । उक्त रक्तदान कार्यक्रममा १०४ जनाको सहभागिता रहेको बैंकले जानकारी दिएको छ ।
रक्तदान कार्यक्रममा बैंकका नायब प्रमुख अधिकृत समता पन्त, सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाशकुमार अधिकारी लगायत बैंकका कर्मचारीहरू तथा ग्राहकहरूले रक्तदान गरेका थिए । बैंकको आयोजना तथा लायन्स क्लब अफ काठमाडौँ बैंकरको सहयोगमा उक्त रक्तदान कार्यक्रम सम्पन्न भएको थियो ।
बैंकले देशका विभिन्न भागमा आर्थिक, सांस्कृतिक, सामाजिक, वातावरणीय, सरसफाइ, शैक्षिक, स्वास्थ्य, वित्तीय साक्षरता लगायत विभिन्न सामुदायिक हित संरक्षणका क्षेत्रहरूमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विविध सामाजिक कार्यक्रमको आयोजना गर्ने र सामाजिक कार्यमा संलग्न संस्थाहरूलाई आर्थिक तथा अन्य सहयोग गर्दै आएको छ ।
त्यसैको निरन्तरता स्वरूप नेपाल बैंक लिमिटेड स्थापनाको ८५औँ वर्षमा प्रवेश गरेको अवसरमा प्रादेशिक कार्यालय, प्रदेश नं. १ अन्तर्गत सूनसरी जिल्लाको इटहरी उपमहानगरपालिका–१४ स्थित श्री पार्वती माध्यमिक विद्यालयलाई १० थान सिलिङ पंखा र २ थान स्टिलको दराज प्रदान गरेको छ । मोरङ जिल्लाको सुन्दर हरैचामा अवस्थित रणकाली मन्दिरमा आउने भक्तजनहरू बस्नका लागि लागि १०० थान प्लास्टिकका कुर्सी प्रदान गर्ने, प्रादेशिक कार्यालय, प्रदेश नं. २ अन्तर्गत, वीरगञ्ज उपमहानगरपालिकामा रहेको मानव सेवा आश्रममा रहेका आश्रितहरूका लागि जाडोमा लगाउन मिल्ने ७५ थान ट्रयाकसूट र खाद्य सामाग्री वितरण गरेको छ ।
पर्सा जिल्लाको लंगटी गाउँ पालपलिकामा रहेको दलित बस्तीका ४५ घर परिवारलाई जाडोमा लगाउने कपडा (कम्बल) वितरण, प्रादेशिक कार्यालय, गण्डकी प्रदेश अन्तर्गत पोखरा महानगरपालिका–१७ विरौटा र पोखरा महानगरपालिका–२५ हेम्जामा रहेको मानव सेवा आश्रममा बस्ने आश्रितहरूका लागि न्यानो कपडा वितरण गरेको छ । प्रादेशिक कार्यालय लूम्बिनी प्रदेश अन्तर्गत बुटवल उपमहानगरपालिका रहेको मानव सेवा आश्रममा रहेका आश्रितहरूका लागि खाद्यान्न सामाग्री वितरण, प्रादेशिक कार्यालय, सुदूरपश्चिम प्रदेश अन्तर्गत धनगढी उपमहानगरपालिकास्थित दृष्ट्री धनगढीलाई लो बेड, बेडिङ र बालबालिकाका लागि न्यानो कपडा वितरण गरेको छ ।
यसैगरी धनगढीस्थित मानवसेवा आश्रम, धनगढीका आश्रितहरूलाई खाद्य सामग्री र कञ्चनपुर जिल्लाको महेन्द्रनगरमा रहेको बालआश्रममा रहेका आश्रित बालबालिकालाई न्यानो कपडा वितरण गरेको छ । गर्ने लगायतका सामाजिक कार्यहरू गरिएको ब्यहोरा अनुरोध गर्दछौँ ।
बैंकमा अनवरत रूपमा २० वर्षभन्दा बढी सेवा गरेका कर्मचारीहरूलाई बैकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले एक समारोहबीच प्रतीक तथा प्रशंसा पत्र वितरण गरेका बैंकका प्रवक्ता प्रकाशकुमार अधिकारीले जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफा वर्ष खेलाडी अवार्डको मनोनयनमा मेस्सीसँगै एमबाप्पे र यामल पनि
-
मर्चेन्ट बैंकर्सद्वारा धितोपत्र बोर्डका अध्यक्षसँग भेट
-
लुम्बिनी बौद्ध विश्वविद्यालयको दीक्षान्त समारोह सहभागी हुन प्रधानमन्त्री ओली लुम्बिनी आउँदै
-
सहकारी ठगीको ‘इपिसेन्टर’ गण्डकी
-
रवि लामिछानेसँग जिल्ला सरकारी वकिलको कार्यालयमा बयान सुरु
-
एकनास छैनन् सहकारी : कतै बचत फिर्ता पाउनै मुस्किल, कतै बचतको ओइरो