
नोकिया ६३१० नेपाली बजारमा

मोबाइल सेट निर्माणमा अग्रणी विश्वविख्यात कम्पनी नोकियाले ६३१० मोडलको मोबाइल सेट नेपाली बजारमा सार्वजनिक गरेको छ । यो सेटमा प्रख्यात नर्डिक बिल्ड–क्वालिटीमा र्याप गरिएको कनेक्टिभिटी र एक्सेसिबिलिटीको सुविधाहरू रहेको कम्पनीले जानकारी दिएको छ ।
कम्पनीका अनुसार यो सेटमा पुनः डिजाइन गरिएको कर्भ्ड स्क्रिनको साथ क्लासिक रेट्रो उपलब्ध छ । यो बनावटले फोनको स्क्रीन स्पष्ट रूपमा हेर्न सघाउन पुग्ने कम्पनीको दाबी छ । मोबाइल सेटमा रहेको अलन्यूजुमइन मेनुहरूले नोकिया ६३१० लाई सरल र प्रयोग गर्न सजिलो बनाउने तथा पोलीकार्बोनेट सेलको मद्दतले नोकिया ६३१० लाई आधुनिक दैनिक जीवनमा प्रयोग गर्नको पर्याप्त बलियो बनाएको पनि नोकिया दाबी गर्छ ।
सेटमा अक्षर तथा अंक पढ्न सुधारिएको ठूलो फन्ट छ । ह्यान्डसेट प्रयोग गर्न निकै सजिलो हुने कम्पनीले जानकारी दिएको छ । यो सेटमा रहेको ब्याट्री हप्ता दिनसम्म टिक्ने हुनाले चार्जर छुट्दा पनि चिन्ता नहुने कम्पनीको दाबी छ । गहिरो गाढा हरियो तथा डेरिंग पहेंलो रंगमा फोन उपलब्ध छ ।
फोनमा कडा पोलीकार्बोनेटको शेल रहेकाले दैनिक जीवनमा आउनसक्ने नक्स र बम्पहरूबाट सुरक्षा प्रदान गर्न पर्याप्त बलियो रहेको कम्पनीले दाबी गरेको छ । सेटको मूल्य नेपाली बजारमा ६,२९९ रुपैयाँ तोकिएको छ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ