शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

ऐतिहासिक क्रिकेट शृङ्खलामा नेपाली महिला क्रिकेट टोलीको शानदार जीत

मङ्गलबार, ३० कात्तिक २०७८, २० : ४९
मङ्गलबार, ३० कात्तिक २०७८

नेपाली महिला क्रिकेट टोलीले अन्तर्राष्ट्रिय क्रिकेटमा शानदार जीत दर्ता गरेको छ । कतारसँगको तीन खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट अन्तर्गत पहिलो खेलमा नेपाली महिला टोली ११९ रनको फराकिलो अन्तरले विजयी बनेको हो । नेपाली महिला क्रिकेट टोलीको यो पहिलो अन्तर्राष्ट्रिय शृङ्खला हो । 

पहिले ब्याटिङ गर्दै नेपाली टोलीले दिएको १ सय ४७ रनको लक्ष्य पछ्याउने क्रममा कतारको टोली मात्र २७ रनमा अलआउट हुन पुगेको थियो । कतालाई सस्तोमा समेट्न रुबिना क्षेत्रीले ३ तथा कविता कुँवर र सीता राना मगरले २–२ विकेट लिए  । करुणा भण्डारीले पनि एक विकेट लिइन् । खेलमा कतारका कुनै पनि खेलाडीले दोहोरो अंक छुन सकेनन् । 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ४६ रन बनाएको थियो  । नेपालका लागि इन्दु बर्माले सर्वाधिक ५५ रनको योगदान दिइन् । उनले मात्र ४७ बलको इनिङमा उनले ५ चौका हिर्काइन् । यस्तै ‌ओपनर सीता राना मगरले ३९, सरिता मगरले २१ रन बनाउँदा कविता कुँवरले ८ तथा काजल श्रेष्ठले ३ रनको योगदान दिइन् । यस्तै नेपालले अतिरिक्त २० रन जोडेको थिय । खेलमा इन्दु बर्मा उत्कृष्ट खेलाडी घोषित् भइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप