बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

बसले ठक्कर दिँदा पठाओमा सवार दुईको मृत्यु

मङ्गलबार, ३० कात्तिक २०७८, १९ : ५२
मङ्गलबार, ३० कात्तिक २०७८

काठमाडौँको कलंकीमा मंगलबार साँझ बसको ठक्करबाट पठाओ स्कुटरमा सवार दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्कुटर चालक धादिङको खरी –२ घर भएका ३५ वर्षीय रामबहादुर आचार्य र पछाडी सवार बाँके घर भएका ५२ वर्षीय यादवकुमार शाह रहेका छन् ।

साँझ पौने ५ बजे कलंकीबाट बल्खु तर्फ जाँदै गरेको प्रदेश ३ ०२ ०१४ प ७४६३ नम्बरको स्कुटरलाई विपरीत दिशाबाट आउँदै गरेको प्रदेश ३ ०१ ००५ ख ९३०० नम्बरको बसले ठक्कर दिएको थियो । बसको ठक्करबाट घाइते भएका उनीहरूको उपचारको क्रममा बल्खुको बयोध्या अस्पतालमा मृत्यु भएको हो । बससहित चालकलाई महानगरीय प्रहरी वृत्त कालिमाटीले नियन्त्रणमा लिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप