सोमबार, २४ असार २०८१
ताजा लोकप्रिय

काभ्रेमा एमालेले सर्वसम्मत् रुपमा छान्यो महाधिवेशन प्रतिनिधि

मङ्गलबार, ३० कात्तिक २०७८, १९ : ४३
मङ्गलबार, ३० कात्तिक २०७८

नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनका लागि काभ्रे जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ र २ बाट प्रतिनिधि चयन भएका छन् । एमाले काभ्रेले दिएको जानकारी अनुसार सबै महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन भएका हुन् ।

दुई निर्वाचन क्षेत्र रहेको काभ्रेमा जम्मा ३४ जना महाधिवेशन प्रतिनिधि छानिएका छन् । जस अनुसार निर्वाचन क्षेत्र १ बाट खुल्लातर्फ नारायणप्रसाद पाण्डे, चन्द्रबहादुर लामा, रेशमबहादुर लामा, केशवप्रसाद बडाल, जेनिश लामा, दिलिप घिसिङ्ग, राजन भुर्तेल, दिलिप तामाङ, चूडामणि गौतम र कृष्ण खुलाल छन् ।

सोही क्षेत्रबाट महिला महाधिवेशन प्रतिनिधितर्फ गोमा भुर्तेल, गीता बन्जरा,  कमला काफ्ले र शान्ता न्यौपाने सर्वसम्मत चयन भएका हुन् । निर्वाचन क्षेत्र नम्बर २ बाट खुल्लामा अशोक व्यान्जु, श्यामसुन्दर श्रेष्ठ, रामशरण दाहाल, राजकुमार सापकोटा, नकुलप्रसाद पराजुली, कञ्चन अधिकारी, प्रेम लामा, बेदप्रसाद तिमल्सिना, राधाकृष्ण बस्ताकोटी, कुमार थापा, विदुर सापकोटा र रीता गौतम (ढकाल) चयन भएका हुन् ।

महिलातर्फ भने निर्मला शाही, भक्तकुमारी लामा, बिमलाकुमारी चौलागाई शर्मा, बिमला सापकोटा र शुभद्रा अधिकारी सर्वसम्मत चयन भएको एमाले काभ्रेले जानकारी दिएको छ । महाधिवेशनका लागि काभ्रेबाट समावेशीतर्फ तेज नेपाली, गीता सुनुवार र विष्णु बहादुर मिजार प्रनितिधिमा छनोट भएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप