तरलता अभावको गर्जो टार्न बैंकहरुले तीन महिनामा रिपो र एसएलआर मार्फत १० खर्ब बढी प्रशोचन गरे
बैंकिङ तरलता (लगानी योग्य रकम) को अभावका कारण बैंकहरुले गएको तीन महिनामा रिपो र स्थायी तरलता सुविधा (एसएलआर) मार्फत १० खर्ब भन्दा बढी रकम प्रशोचन गरेका छन् ।
चालू आर्थिक वर्ष २०७८/७९ को पहिलो तीन महिना (साउन देखि असोजसम्म) बैंकहरुले रिपोमार्फत १ खर्ब ८५ अर्ब ५० करोड र स्थायी तरलता सुविधामार्फत ८ खर्ब २२ अर्ब ६८ करोड गरी कुल १० खर्ब ८ अर्ब १७ करोड रुपैयाँ भोगचलन गरेको राष्ट्र बैंकले जनाएको हो ।
बजारको तरलता अभावको समस्या हल गर्नकै लागि बैंकहरुलाई यस्तो सुविधा प्रदान गरिएको राष्ट्र बैंकले जनाएको छ ।
सोही अबधिमा रिभर्स रिपोमार्फत २८ अर्ब ३५ करोड र निक्षेप संकलन उपकरण मार्फत् ३१ अर्ब ६५ करोड गरी कुल रु.६० अर्ब रुपैयाँ तरलता प्रशोचन गरिएको समेत राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा रिभर्स रिपोमार्फत बैंकले ६० अर्ब तरलता प्रशोचन गरेको थियो ।
समीक्षा अवधिमा बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंकहरू) मा अमेरिकी डलर २४ करोड ७६ लाख खुद खरिद गरी रु.२९ अर्ब ७३ करोड तरलता प्रवाह गरेको बताएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा बैंकले विदेशी विनिमय बजारबाट अमेरिकी डलर १ अर्ब २४ करोड खुद खरिद गरी १ खर्ब ४७ अर्ब ४३ करोड तरलता प्रवाह गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
समितिबाट ८ महिनासम्म पनि विधेयक पास हुन नसक्नु लज्जाको विषय : मन्त्री भण्डारी
-
विशेष चस्मा लगाएर अयोध्यास्थित राम मन्दिरमा पुगेका युवक पक्राउ
-
सभापति देउवा र अध्यक्ष लिङ्देनबिच भेटवार्ता
-
सरकारले किन गर्दैछ होटल रेस्टुरेन्टको मापदण्ड परिवर्तन ?
-
असोजमा विशेष महाधिवेशन गर्नेगरी केन्द्रीय समितिलाई आयोजक समितिमा रूपान्तरण गरौँ : जनार्दन शर्मा
-
‘चाइना फिल्म डे’का लागि चर्चित चिनियाँ अभिनेत्री यु हङ नेपाल आउने