बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णालीमा एकीकृत समाजवादीका चन्द्रबहादुर शाही मन्त्री बने

मङ्गलबार, ३० कात्तिक २०७८, १७ : ३०
मङ्गलबार, ३० कात्तिक २०७८

कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रीमा एकीकृत समाजवादी संसदीय दलका नेता चन्द्रबहादुर शाही नियुक्त भएका छन् । उनलाई मुख्यमन्त्री जीवनबहादुर शाहीले आजै नियुक्त गरी शपथ ग्रहणका लागि प्रदेश प्रमुखको कार्यालयमा सिफारिस गरेका हुन् । 

शाहीको अहिले साढे पाँच बजे  प्रदेश शपथ ग्रहण हुने  मुख्यमन्त्री जीवनबहादुर शाहीको सचिवालयले रातोपाटीलाई जानकारी दिएको छ। मुख्यमन्त्री शाहीले झण्डै दुई सातापछि एउटा मन्त्रालयमा मात्र मन्त्री नियुक्त गरेका हुन् ।

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप