बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

शुक्रबारसम्म ‘फूल कोर्ट’ राख्ने विषयमा प्रारम्भिक समझदारी

मङ्गलबार, ३० कात्तिक २०७८, १७ : २४
मङ्गलबार, ३० कात्तिक २०७८

बार एसोसिएसनका पदाधिकारीसँगको बैठकपछि आन्तरिक छलफलमा जुटेका सर्वोच्च अदालतका न्यायाधीशहरूले शुक्रबारसम्म ‘फूल कोर्ट’ राख्ने विषयमा प्रारम्भिक समझदारी जुटाएका छन् । फुट कोर्टबाट नियमावली संशोधन गर्ने र गोलाप्रथाबाट पेसी तोक्ने व्यवस्था गर्नका लागि न्यायाधीशहरू सहमति नजिक पुगेका हुन् ।

स्रोतका अनुसार बुधबार बिहान उक्त सहमतिलाई अन्तिम रूप दिन पुनः बैठक बस्नेछ । त्यसपछि शुक्रबारसम्म सर्वोच्च अदालतको ‘फूल कोर्ट’ ले नियमावली संशोधन गर्ने र गोलाप्रथाबाट पेसी तोक्ने गरी प्रक्रिया मिलाउने तयारी भएको हो ।

यद्यपि, न्यायाधीशहरूले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग ‘बेन्च शेयर’ भने नगर्ने भएका छन् । प्रधानन्यायाधीशसँग बेन्च शेयर नगर्ने तर गोलाप्रथाबाट पेसी तोकेर आगामी आइतबारदेखि सर्वोच्च अदालतका काम कारबाहीलाई नियमित रूपमा सञ्चालन गर्ने दिशामा सहमति नजिक पुगिएको स्रोत बताउँछ ।

यसअघि न्यायाधीशहरू र बार एसोसिएसनका पदाधिकारीबिच छलफल भएको थियो । छलफलमा न्यायाधीशहरूले जनतालाई दिने सेवा प्रवाहमा कुनै नकारात्मक प्रभाव नपर्ने गरी आन्दोलनलाई अघि बढाउनुपर्ने धारणा राखेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप