बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

नेपाल राष्ट्र बैंकको रिपोर्ट : बजार महँगी बढ्यो

मङ्गलबार, ३० कात्तिक २०७८, १७ : १३
मङ्गलबार, ३० कात्तिक २०७८

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको तीन महिनामा बजार महँगी ०.४५ प्रतिशतले वृद्धि भएको जनाएको छ । २०७८ असोज महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति (बजार महँगी) ४.२४ प्रतिशत रहेको बैंकले बताएको हो । 

अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ३.७९ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ३.६३ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.७२ प्रतिशत रहेको बैंकले जनाएको छ ।

२०७७ असोजको तुलनामा २०७८ असोजमा घ्यू तथा तेल, माछा तथा मासु, दाल तथा गेडागुडी, सुर्तीजन्य वस्तु र गैर–मदिराजन्य पेय पदार्थ उपसमूहको मूल्यवृद्धि क्रमशः ३१.६८ प्रतिशत, ११.९३ प्रतिशत, १०.७१ प्रतिशत, १०.१२ प्रतिशत र ९.६३ प्रतिशत रहेको बैंकको भनाई छ ।

क्षेत्रगत रूपमा यस्तो मूल्य वृद्धि समीक्षा महिनामा काठमाडौँ उपत्यकामा ३.४८ प्रतिशत, तराईमा ४.०१ प्रतिशत, पहाडमा ५.६८ प्रतिशत र हिमालमा ३.१२ प्रतिशत रहेको बैंकले जनाएको छ । २०७७ असोजमा यी क्षेत्रहरुको बजार महँगी क्रमशः ३.३५ प्रतिशत, ४.४६ प्रतिशत, ३.०३ प्रतिशत र ४.३९ प्रतिशत रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप