बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

विदेशी मुद्राको सञ्चिति १३ खर्ब १९ अर्बमा झर्‍यो, ८ महिनाको आयात धान्न पुग्ने

मङ्गलबार, ३० कात्तिक २०७८, १६ : ४५
मङ्गलबार, ३० कात्तिक २०७८

चालू आर्थिक वर्षको पहिलो तीन महिनामा (साउन देखि असोज)  विदेशी मुद्राको सञ्चिति घटेर १३ खर्ब १९ अर्ब रुपैयाँमा झरेको छ ।  नेपाल राष्ट्र बैंकका अनुसार २०७८ असार मसान्तसम्म कुल १३ खर्ब ९९ अर्ब २ करोड बराबर रहेको कुल विदेशी मुद्राको सञ्चिति समीक्षा अवधिमा ५.७ प्रतिशतले कमी आई २०७८ असोज मसान्तमा १३ खर्ब १९ अर्ब ३२ करोडमा झरेको हो ।

बैंकका अनुसार यस्तो सञ्चिति अमेरिकी डलरमा २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड रहेकोमा २०७८ असोज मसान्तमा ६.५ प्रतिशतले कमी आई १० अर्ब ९८ करोड कायम भएको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७८ असार मसान्तमा रु.१२४४ अर्ब ६३ करोड रहेकोमा २०७८ असोज मसान्तमा ८.० प्रतिशतले कमी आई रु.११४५ अर्ब २९ करोड कायम भएको छ ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७८ असार मसान्तमा रु.१५४ अर्ब ३९ करोड रहेकोमा २०७८ असोज मसान्तमा १२.७ प्रतिशतले वृद्धि भई रु.१७४ अर्ब ३ करोड पुगेको छ । 

२०७८ असोज मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४.१ प्रतिशत रहेको छ । सञ्चिति पर्याप्तता सूचक आर्थिक वर्ष २०७८/७९ को तीन महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको आर्थिक वर्ष २०७८/७९ को तीन महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले ८.६ महिनाको वस्तु आयात र ७.८ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने बैंकले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप