७.६ प्रतिशतले रेमिट्यान्स घट्यो

विदेशी मुद्राको विप्रेषण (रेमिट्यान्स) ७.६ प्रतिशतले घट्न पुगेको छ । अघिल्लो वर्षको तुलनामा चालू आर्थिक वर्षको तीन महिनामा मुलुकको रेमिट्यान्स ७.६ प्रतिशतले घट्दै २ खर्ब ३९ अर्ब ३२ करोडमा सीमित भएको हो ।
तर, यस्तो विप्रेषण आप्रवाह अघिल्लो वर्षको सोही अवधिमा कोभिड–१९ कै बीचपनि अधिकतम १२.७ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७.७ प्रतिशतले कमी आई २ अर्ब २ करोड कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ७.६ प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको सङ्ख्या उल्लेख्य रूपमा वृद्धि भई ६६ हजार ३१६ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या ९६.८ प्रतिशतले घटेको थियो । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या समीक्षा अवधिमा उल्लेख्य रूपमा वृद्धि भई ३४ हजार ८२३ पुगेको बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या ७८.६ प्रतिशतले घटेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानसी बनिन् इन्डियन आइडल सिजन १५ को विजेता
-
बागमती प्रदेश अल्पाइन स्पोर्टस्मा राजेन्द्रको अध्यक्षतामा नयाँ नेतृत्व
-
अमेरिकी सेयर बजारमा गएको पहिरोबारे के भन्छन् ट्रम्प ?
-
जीवनजल लिन घण्टौँ पैदलयात्रा गर्नुपर्ने अवस्था अन्त्य
-
‘संविधान संशोधनको लागि सबै दलहरू मिल्नुपर्छ’
-
म्याग्दी र कालीगण्डकी नदीको कटान रोक्न ग्याबियन पर्खाल निर्माण