शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ४८२ पुग्यो

मङ्गलबार, ३० कात्तिक २०७८, १६ : २३
मङ्गलबार, ३० कात्तिक २०७८

नेपालमा कोरोनाभाइरसबाट हालसम्म ११ हजार ४८२ जनाको मृत्यु भएको छ।  पछिल्लो २४ घण्टामा संक्रमणबाट थप ४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३७७ जना संक्रमित थपिएका छन् । यससँगै पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख १७ हजार ६७२ पुगेको छ भने एन्टिजेन विधिबाट भएको परीक्षणमा ९५ हजार १७४ पुगेको छ । 

हाल संक्रमितमध्ये ७ लाख ९८ हजार ७१४ निको भएको मन्त्रालयले जनाउको छ । हाल देशभर सक्रिय संक्रमित ७ हजार ४७६ जना रहेका छन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप