सोमबार, ०१ पुस २०८१
ताजा लोकप्रिय

कोकाकोला र भाइबरबीच साझेदारी

मङ्गलबार, ३० कात्तिक २०७८, १६ : १३
मङ्गलबार, ३० कात्तिक २०७८

कोकाकोला नेपालले राकुटेन भाइबरसँगको सहकार्यमा कोक एण्ड मील्सको थिम अन्तर्गत कोकाकोला अगमेन्टेड रियालिटी (एआर) भाइबर लेन्स ‘फूड र्याण्डमाइजर’ लन्च गरेको छ । नेपालमा १ करोडभन्दा बढी भाइबर प्रयोगकर्ताहरूले सो फिल्टरको मजा लिनसक्ने कोकाकोलाले जनाएको छ ।

आफू र आफन्तका लागि कोक तथा खाना संयोजन गर्न सकिने फिल्टरमा कोक र मम, कोक र पिज्जा, कोक र चाउमिनजस्ता लोकप्रिय कोक र खानाका संयुक्त प्याकेज देखिनेछ । जेनेरेट भएको एउटा कोक एण्ड मील्सको कम्बोमा फिल्टर आएर रोकिएपछि प्रयोगकर्ताले लेन्सलाई सेभ गर्न र कम्बो किनिदिन अनुरोध गरी आफ्ना साथीहरू, कामका सहकर्मीहरू वा परिवारलाई सजिलै पठाउन सक्नेछन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप