पौडेल नेतृत्वको राजनीतिक समन्वय समितिको बैठक सिंहदरबारमा
सत्ता गठबन्धनका शीर्ष नेता सम्मिलित उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक सुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो साढे तीन बजेदेखि बैठक सुरु भएको हो । काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल संयोजक रहेको समन्वय समितिको आज पहिलो बैठक चलिरहेको छ ।
गठबन्धनको बैठकले कात्तिक २२ गते ५ दल र सरकारका प्रतिनिधि समेत रहने गरी ११ सदस्यीय समिति गठन गरेको थियो । काँग्रेसबाट संयोजक पौडेल नेता कृष्णप्रसाद सिटौला, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जनता समाजवादीका अध्यक्षका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चा का अध्यक्ष चित्रबहादुर केसी र उपाध्यक्ष दुर्गा पौडेल सदस्य रहेका थिए ।
यस्तै सरकारकारतर्फबाट सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्की सदस्य रहेका छन् । समितिको सदस्य नरहेका प्रधानमन्त्री शेरबहादुर देउवा पनि बैठकमा सहभागी छन् । आसन्न राष्ट्रिय सभा र उपनिर्वाचनका लागि सहमति जुटाउने मुख्य प्रयोजनमा बनेको समितिमा आज समसामयिक विषयमा पनि छलफल हुने छ । संयोजक पौडेलको सचिवालयका अनुसार अदालतमा देखिएको विवादका विषयमा पनि बैठकमा छलफल भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हप्तामा २ घण्टा मात्रै व्यायामले पनि बलियो हुन्छ मुटु
-
रास्वपाले बुर्लाकोटीलाई दियो उम्मेदवारको टिकटमा हस्ताक्षर गर्ने अधिकार
-
रास्वपाको पत्रकार सम्मेलन स्थगित
-
प्रोफेसर रिचर्ड उल्फ र विश्वव्यापी समाजवादी आन्दोलन
-
नुन कसरी बनिरहेछ क्यान्सरको कारण ?
-
एकीकृत समाजवादीले स्थानीय तहको उपनिर्वाचनमा गठबन्धन गर्ने