बागमती प्रदेशमा बन्दको प्रभाव सामान्य, विभिन्न स्थानबाट ५० भन्दा बढी बन्दकर्ता पक्राउ
बागमती प्रदेशमा विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको बन्दको प्रभाव सामान्य देखिएको छ । काठमाडौं उपत्यका बाहेकका १० जिल्लामा यातायातका साधनहरु अन्य दिनहरुमा भन्दा कम मात्रामा सञ्चालनमा आएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
प्रदेशका १० जिल्लाका मुख्य बजार, उद्योग तथा कलकारखाना, विद्यालय लगायतका क्षेत्रहरु पूर्ण रुपमा बन्द छन् । सडकमा बन्दकर्ता नभए पनि बन्दको असर देखिएको प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रहरी नायव माहानिरीक्षक प्रकाशजङ्ग कार्कीले बताए ।
बन्दमा हालसम्म प्रदेशका कुनै पनि जिल्लामा तोडफोड, आगजनीजस्ता घटना नभएको उनले बताए । उनका अनुसार प्रदेशका विभिन्न जिल्लामा बन्द गराउँदै हिँडेका केही व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बन्द कार्यान्वयन गराउन हिँडेका करिव ५० जनालाई प्रहरीले नियन्त्रणमा लिएको उनले बताए ।
उनका अनुसार सिन्धुलीमा बन्द गराउँदै हिँडेका २६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ भने काभ्रेमा १४ र चितवनमा ११ जनालाई पक्राउ गरिएको छ । बजार क्षेत्रको चोक चोकमा जम्मा भएर यातायातका साधनको चाबी खोस्ने, नाराबाजी गर्नेजस्ता कार्य गरेका कारण उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डलर उकालो, युरो ओरालो : पाउण्ड, रियाल, दिनार, क्रोनर र कोरियन वनको मूल्य बढ्यो
-
आजको दिन के मा लगानी गर्नु उपयुक्त ? हेरौँ राशिफल
-
लाजियोको पोष्टमा इन्टर मिलानको गोल वर्षा
-
प्रिमियर लिग : बर्नमथ र वेष्टह्यामले अंक बाँडे
-
बन्दीपुर भ्रमण वर्ष सफल पार्न गाउँपालिकाको जोडतोड
-
राष्ट्रिय प्रणालीमा जोडियो साञ्जेनबाट उपत्पादित विजुली