शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

छोरी जन्मिएको १० महिनापछि अनुष्का शर्माको ग्ल्यामरस फोटोसुट

मङ्गलबार, ३० कात्तिक २०७८, १३ : ३९
मङ्गलबार, ३० कात्तिक २०७८

अनुष्का शर्माले यो फोटोसुट ग्राजिया म्यागजिन कभरका लागि गराएकी छिन् । अनुष्काको यो फोटोलाई एकातिर धेरैले तारिफ गरिरहेका छन् भने अर्कोतर्फ गर्भावस्थापछिको शरीरको विषयमा चर्चा पनि सुरु भएको छ ।

वास्तवमा अनुष्काले करिब १० महिनाअघि छोरी वामिकालाई जन्म दिएकी थिइन् । निकै कम समयमा उनले आफ्नो पुरानो सुगठित फिगर पुनः हासिल गरेकी छिन् । यो फोटोसुट पछि अब उनी फिल्ममा फिर्ता हुन लागेकी हुन् कि भनेर चर्चा चलेको छ ।

यो फोटोसुटका बेला अनुष्काले गर्भावस्थाबारे पनि खुलेर कुरा गरेकी छिन् । अनुष्काले भनिन्, ‘बच्चा जन्माएपछि म आफ्नो शरीरलाई घृणा गर्न थाल्छु कि भन्ने चिन्ता थियो । ’

हालै एक अन्तरवार्तामा अनुष्का शर्माले अब उनी आफ्नो छालासँग असाध्यै सहज हुन थालेको बताएकी थिइन् ।

उनले भनिन्, ‘गर्भावस्थाका बेला म चिन्तित थिएँ कि महिलालाई एक मानक तरिकामा देखिनका लागि कति धेरै दबाब हुन्छ ।’

‘यो गर्भावस्था अघि वा गर्भावस्थाका बेला मात्रै पनि हुँदैन, बच्चा जन्माइसकेपछि पनि हुन्छ । असाध्यै सेल्फ मोटिवेटेड भएपछि म यो कुरामा असाध्यै चिन्तित थिएँ । म सधैं यो सोच्थेँ कि के म आफ्नो शरीरसँग घृणा गर्न थाल्नेछु ।’

अनुष्काले थपिन्, ‘मेरो शरीर पहिलाको जस्तो छैन । पहिलाजस्तो टोन्ड पनि छैन । म यसका लागि काम पनि गरिरहेको छु किनभने मलाई फिट हुन मनपर्छ । म पहिलाको भन्दा अहिले आफ्नो छालासँग सहज छु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप