शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

बार र न्यायाधीशबीचको छलफल सुरु, ५ न्यायाधीश अनुपस्थित

मङ्गलबार, ३० कात्तिक २०७८, १३ : ०१
मङ्गलबार, ३० कात्तिक २०७८

प्रधानन्यायाधीशसँग असन्तुष्ट सर्वोच्च अदालतका न्यायाधीश तथा नेपाल बार एसोसिएसन र सर्वोच्च बार एसोसिएसनका पदाधिकारीबीच छलफल सुरु भएको छ । छलफलमा प्रधानन्यायाधीशको पक्षमा रहेका भनिएका ५ न्यायाधीशको भने सहभागिता रहेको छैन । उनीहरु यसअघि प्रधानन्यायाधीशको विपक्षमा देखिएपनि पछिल्लो समय कित्ता परिवर्तन गरेको बताइएको छ ।  विद्रोही न्यायाधीशहरूले फुलकोर्ट बाहेक अरु बैठकमा सहभागी नहुने बताएका छन् । 

बैठकमा न्यायाधीशहरूले अदालतमा जारी विवाद र कसरी अघि बढ्ने भन्नेबारे आफ्नो धारणा राख्ने बताइएको छ । प्रधानन्यायाधीशले वार्तामा आउन बारलाई आह्वान गरेलगत्तै बारले सोमबार पनि बैठक राखेको थियो । सो बैठकमा बारका पदाधिकारीहरुले आफ्नो धारणा राखेका थिए भने आज न्यायाधीशहरूले धारणा राख्न लागेका हुन् । 

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप