बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

आगलागी पीडितलाई राहत वितरण गर्न मुगु जाँदै कर्णालीका मुख्यमन्त्री शाही

मङ्गलबार, ३० कात्तिक २०७८, १२ : ४३
मङ्गलबार, ३० कात्तिक २०७८

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले मुगुको सदरमुकाम गमगढीमा भएको आगलागीका पीडितलाई राहत दिने घोषणा गरेका छन् । तत्कालका लागि राहत सामग्री लिएर उनी स्थलगत अनुगमनमा जान लागेको मुख्यमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

सचिवालयका अनुसार आगलागीबाट प्रभावितका लागि खाद्यान्न र त्रिपाल वितरण गरिने छ । त्यहाँको स्थिति अवलोकनपछि थप राहत वितरण गरिने मुख्यमन्त्री शाहीको भनाइलाई उद्धृत गर्दै उनको सचिवालयले जनाएको छ ।

गएराति १२ बजेदेखि लागेको आगोका कारण २१ वटा घरमा पूरै क्षति भएको छ । प्रहरीकाअनुसार आगोले १८ वटा घर पूरै जलेका छन् । यस्तै, घुम्ती पसल राखिएको दुई वटा घर पनि  जलेर नष्ट भएका छन् । आगो निभाउनका लागि एउटा घर भत्काइएको छ ।

गएराति १२ बजेदेखि लागेको आगो मंगलबार बिहान १० बजे मात्र पूर्ण रुपमा निभाइएको छ । सेना, प्रहरी र स्थानीय बासिन्दाको प्रयासमा आगो निभाइएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप