बंगलादेश टुरका लागि पाकिस्तानको टिम घोषणा
पाकिस्तानले बंगलादेश टुरका लागि टेस्ट टिमको घोषणा गरेको छ । बंगलादेशविरुद्ध पाकिस्तानले दुई टेस्ट सिरिज खेल्दैछ । यसका लागि छनोटकर्ताहरुले २० सदस्यी टिम घोषणा गरेका हुन् । टिममा ओपनिङ ब्याट्सम्यान इमाम उल हक र अफ स्पिनर बिलाल आसिफ फर्किएका छन् ।
औंलाको चोटबाट भर्खरै मुक्त भएका लेग स्पिनर यासिर शाहलाई भने टिममा स्थान दिइएको छैन । यासिरले फस्र्ट क्लास क्रिकेटमा ६ सयभन्दा धेरै विकेट लिइसकेका छन् । प्रमुख छनोटकर्ता मोहम्मद वासिमले बिलाललाई यासिरको स्थानमा चयन गरिएको बताए । औंलाको चोटका कारण यासिरले ‘कायदे ए आजम ट्रफी’ पनि खेल्न पाएका थिएनन् ।
यासिरले जुलाई–अगस्टमा खेलेका थिए अन्तिम खेल
यासिरले आफ्नो पछिल्लो टेस्ट जुलाई अगस्टमा वेस्टइन्डिजविरुद्ध खेलेका थिए । छनोटकर्ताहरुले अफ स्पिनर साजिद खान र लेग स्पिनर जाहिद मोहमदलाई पनि टिममा सहभागी गराएका थिए । अर्कोतर्फ, वेस्टइन्डिज टुरका लागि समावेश गरिएका युवा तिव्र गतिका बलर शाहनवाज दहानीलाई पनि टिममा कुनै मौका दिइएन ।
२६ नोभेम्बरदेखि खेलिनेछ पहिलो टेस्ट
बंगलादेश टुरका दौरान पाकिस्तानले पहिलो टेस्ट २६ देखि ३० नोभेम्बर र दोस्रो टेस्ट ४ देखि ६ डिसेम्बरसम्म ढाकामा खेल्नेछ । प्रमुख छनोटकर्ता मोहम्मद वासिमका अनुसार टिम म्यानेजमेन्टसँग विचार–विमर्श गरेर टिमको चयन गरिएको हो ।
यस्तो छ २० सदस्यीय टिम
बाबजर आजम (कप्तान), मोहम्मद रिजवान (उपकप्तान), अब्दुल्ला सफिक, आबिद अली, अजहर अली, बिलाल आसफि, फहिम असरफ, फवाद आलम, हसन अली, इमाम उल हक, कमरान गुलाम, मोहम्मद अब्बास, मोहम्मद नवाज, नसिम शाह, नौमान अली, साजिद खान, सरफराज अहमद, साउद शकिल, शाहीन शाह अफ्रिदी, जाहिद महमुद
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
मनाङको नेस्याङ केन्द्र बनाएर भूकम्पको धक्का
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती