शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

तालिबानी लडाकुले गुडाए अमेरिकी बख्तरबन्द गाडी

मङ्गलबार, ३० कात्तिक २०७८, १२ : ३२
मङ्गलबार, ३० कात्तिक २०७८

तालिबानी सेनाले अमेरिकी गाडी र रुसी हेलिकोप्टरहरूको प्रयोग गर्दैै शक्ति प्रदर्शन गरेको छ । परेडमार्फत तालिवानले आफ्नो विद्रोही गुटलाई स्थायी सेनामा परिणत गरेको सन्देश दिएको हो । 
यसै वर्ष अगस्टमा अमेरिकी सेना फर्किएको थियो । अमेरिकाले त्यहाँ छाडेका हतियारहरू अहिले तालिवानले प्रयोग गरिरहेको छ । 

परेडमा देखियो एम ११७ वाहन 
रक्षा मन्त्रालयका प्रवक्ता इनायतुल्लाह ख्वारजमीका अनुसार २ सय ५० वटा नयाँ प्रशिक्षित सैनिकहरूको ग्य्राजुएसनसँग परेड जोडिएको थियो । यसमा अमेरिकी निर्मित एम ११७ बख्तरबन्द सुरक्षा वाहन समावेश थियो । तालिबानी लडाकुको हातमा एम ४ असल्ट राइफल्स पनि थिए । त्यसमाथि एमआई१७ हेलिकप्टर गस्ती गरिरहेको थियो । 

नयाँ सेनामा समावेश हुनेछन् पुरानो आर्मीको पाइलट 
तालिबानी सेनाले अहिले जुन हतियार र उपकरणहरुको उपयोग गरिरहेको छ, त्यसमा ज्यादा जसो हतियार र उपकरण अमेरिकाले नै पहिलेको अफगान सरकारलाई निर्यात गरेको थियो । अफगान सेनाका ती पाइलट, मेकानिक्स र अन्य विशेषज्ञहरुलाई पनि तालिवानले आफ्नो नयाँ सेनामा समावेश गरिसकेको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप