बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

एक अर्बले बढ्यो टेलिकमको आम्दानी

मङ्गलबार, ३० कात्तिक २०७८, १२ : २७
मङ्गलबार, ३० कात्तिक २०७८

चालू आर्थिक वर्षको पहिलो त्रैमासमा नेपाल टेलिकमको सञ्चालन आय १ अर्ब १३ करोड रुपैयाँले बढेको छ । अघिल्लो आर्थिक वर्ष २०७७/७८ को पहिलो त्रैमासको तुलनामा आय एक अर्बले बढेको हो । अघिल्लो वर्षको पहिलो त्रैमासमा टेलिकमले ८ अर्ब ६३ करोड रुपैयाँ आम्दानी गरेको थियो । जुन, यो वर्षको पहिलो त्रैमासमा ९ अर्ब ७७ करोड रुपैयाँमा पुगेको हो । 

यस्तै, कम्पनीको गत आर्थिक वर्षको पहिलो त्रैमासमा १० अर्ब १० करोड कुल आय थियो । जुन, ८४ करोडले बढेर यो वर्षको पहिलो त्रैमासमा १० अर्ब ९५ करोड रुपैयाँ पुगेको छ । यसका साथै, यस अवधिमा कम्पनीको खुद मुनाफा ७४ करोडले बढेको छ । गत वर्षको पहिलो त्रैमासमा कम्पनीले १ अर्ब ५१ करोड मुनाफा आर्जन गरेको थियो । यो वर्ष कम्पनीले २ अर्ब २५ करोड मुनाफा आर्जन गरेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप