आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

आज एक अमेरिकी डलर किन्न ११८ रुपैयाँ ८८ पैसा खर्चिनु पर्ने

मङ्गलबार, ३० कात्तिक २०७८, १२ : २५
मङ्गलबार, ३० कात्तिक २०७८

नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलर खरिद गर्न अधिकतम ११८ रुपैयाँ ८८ पैसा खर्चिनुपर्ने भएको छ । बैंकका अनुसार आज मंगलबार विदेशी मुद्राको विनिमयदर अमेरिकी डलर एकको खरिददर अधिकतम ११८ रुपैयाँ ८८ पैसा र विक्रीदर ११९ रुपैयाँ ४८ पैसा पुगेको छ । 

यस्तै, युरोपियन युरो एकको खरिददर १३६ रुपैयाँ ०६ पैसा र विक्रीदर १३६ रुपैयाँ ७५ पैसा रहेको छ भने यूके पाउन्ड स्टलिङ एकको खरिददर १५९ रुपैयाँ ४४ पैसा र विक्रीदर १६० रुपैयाँ २४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
यस्तै, आज स्वीस फ्रेङ्क एकको खरिददर १२९ रुपैयाँ १५ पैसा र विक्रीदर १२९ रुपैयाँ ८० पैसा रहेको छ भने अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ५० पैसा र विक्रीदर ८७ रुपैयाँ ९४ पैसा रहेको छ ।
क्यानेडियन डलर एकको खरिददर ९४ रुपैयाँ ८७ पैसा रहेको छ भने विक्रीदर ९५ रुपैयाँ ३५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । 

यता जापानी यन आज १० को खरिददर नेपाली १० रुपैयाँ ४४ पैसा र विक्रीदर १० रुपैयाँ ४९ पैसा रहेको छ भने चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६२ पैसा र विक्रीदर १८ रुपैयाँ ७१ पैसा रहेको बैंकले जनाएको छ । 
यता साउदी अरेबियन रियाल आज एकको खरिददर ३१ रुपैयाँ ७० पैसा र विक्रीदर ३१ रुपैयाँ ८६ पैसा रहेकोमा कतारी रियाल आज एकको खरिदर अधिकतम ३२ रुपैयाँ ६५ पैसा र विक्रीदर ३२ रुपैयाँ ८२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप